बेल्जियम र इटालीको खेल स्तरीय

बेल्जियम र इटालीको खेल स्तरीय

एजेन्सी: युरोकप फुटबल खेलाडीका लागि महत्वपूर्ण चाड नै हो। राति टेलिभिजनमा देखेको शैलीलाई अभ्यासमा उतार्न सकियो भने धेरै राम्रो हुन्छ। युरोकपबाट हामीले सिक्ने भनेको शैली र टोलीको स्पिरिट नै हो।

नकआउट चरणको खेल सोचेभन्दा राम्रो भइरहेको छ। बलिया टोलीले हार खेपेका छन्। म इङ्ल्यान्डको समर्थक हुँ। तर, उसले नसोचेको हार खेप्यो।

यसअघि युरो कपमा जित्ने टोलीको अनुमान लगाउन सकिन्थ्यो। अहिले कस्ले जित्छ भन्न सकिन्न। सबै टोलीले राम्रो खेलिरहेका छन्। नकआउट चरणमा सानो गल्तीले पनि जुनसुकै टोलीले हार्ने र जित्न सक्ने देखिन्छ।

एउटा रक्षक भएकोले मैले व्यक्तिगत खेलाडीको प्रदर्शनमा पनि ख्याल दिएर हेर्ने गरेको छु। हेर्न नपाएका खेलको हाइलाइट्स भए पनि नहेरी चित्त बुझ्दैन।

खेलाडीको व्यक्तिगत र टोलीमा खेल्ने तरिकालाई विशेष चासो दिएर हेर्न सकियो भने धेरै फाइदा हुन्छ। इङ्ल्यान्ड बाहिरिए पनि अहिले चर्चामा रहेका बेल्जियम, इटाली, फ्रान्स र जर्मनीले धेरै राम्रो खेल खेलिरहेका छन्।

 

युरोकपको उपाधि पनि यही टोलीमध्ये एउटाले जित्छ होला। युरो कपमा इङ्ल्यान्ड बाहिरिएसँगै मैले बेल्जियम र इटालीको सम्भावना बलियो देखेको छु। मेरो अबको समर्थन पनि यी दुई टोलीलाई छ।

इटाली र बेल्जियमले अहिले धेरै राम्रो फुटबल खेलिरहेको छ। इटालीको मिडफिल्ड र स्ट्राइकिङ लाइन धेरै राम्रो छ। सन्तुलनमा रहेर खेल्नु इटालीको अर्को विशेषता हो।

यसैगरी बेल्जियमले पनि चुस्त खेल पस्किरहेको देखिन्छ। बेल्जियमको रक्षा, मिडफिल्ड र स्ट्राइकिङ सबै सन्तुलन छ। पासिङ र काउन्टर आक्रमणमा पनि राम्रो छ।

आयोजक फ्रान्सले पनि राम्रो खेलिरहेको छ। घरेलु मैदान र समर्थकको फाइदा उसलाई छ। विश्व कप विजेता जर्मनी पनि उत्तिकै फर्ममा देखिन्छ।

(रविन राष्ट्रिय टोलीका रक्षक हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.