फेलप्स पाँचौं ओलम्पिकमा

फेलप्स पाँचौं ओलम्पिकमा

न्युयोर्क: चर्चित अमेरिकी पौडीबाज माइकल फेलप्सले पाँचौं पटक ओलम्पिक खेल्ने भएका छन्।

चर्चा र पदकीय दृष्टिकोणले ओलम्पिक इतिहासका सफल खेलाडी फेलप्सले अमेरिकी छनोट प्रतियोगितामा सफलता हात पार्दै ब्राजिलको यात्रा पक्का गरेका हुन्।

उनले बिहीबार भएको छनोट प्रतियोगिताको पुरुष दुई सय मिटर बटलफ्लाई स्पर्धामा आफूलाई अब्बल सावित गरे।

पौडीबाज फेलप्सले हालसम्म ओलम्पिक खेलकुदका विभिन्न स्पर्धामा १८ वटा स्वर्ण पदक जितिसकेका छन्। ३१ वर्षीय फेलप्स एकपटक सन्न्यास लिएर पुनः सक्रिय खेलजीवनमा फर्किएका हुन्।

उनले सन् २०१२ मा भएको लन्डन ओलम्पिकपछि सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए। त्यसपछि सन् २०१४ मा उनी पुनः सन्न्यास फिर्ता लिँदै प्रतियोगितात्मक खेल जीवनमा सक्रिय हुन पौडी पोखरीमा फर्किएका थिए।

 

सफल खेलाडी भएर पनि विभिन्न चर्तिकलाका कारण बारम्बार चर्चामा आइरहने फेलप्स मादक पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा एकपटक गिरफ्तार पनि भएका थिए। सोही आरोपमा उनलाई खेल जीवनबाट ६ महिनाका लागि प्रतिबन्ध पनि लगाइएको थियो।

पाँचौंपटक ओलम्पिकमा छनोट हुन निकै कडा परि श्रम गर्नु परेको प्रतिक्रिया दिए। 'मैले आफ्नो खेल जीवनमा गर्नु परेको कडा संघर्षमध्ये यो पनि एउटा हो', उनले भने।

फेलप्स ओलम्पिक खेलकुद प्रतियोगिताको इतिहासमा पाँचवटा संस्करणमा सहभागिता जनाउने पहिलो अमेरिकी पुरुष खेलाडी पनि बनेका छन्। 'मैले आफ्नो उतार चढावपूर्ण खेल जीवनमा निकै संघर्ष गर्नु परेको छ तर, राष्ट्रको प्रतिनिधित्व गर्दै पाँचवटा ओलम्पिकमा सहभागिता जनाउने अवसर पाउनु कुनै पनि खेलाडीका लागि चानचुने उपलब्धि होइन', उनी भन्छन्।

यसैगरी महिलातर्फ केटी लेड्की र मिसी फ्रांक्लिन पनि यसै वर्ष ब्राजिलको रियो दि जेनेरियोमा आयोजना हुने ओलम्पिकका लागि छनोट भएका छन्। केटी चार सय मिटर फ्रिस्टाइल स्पर्धाकी विश्व च्याम्पियन हुन्।

मिसी भने सन् २०१२ को संस्कणमा पाँचवटा स्वर्ण पदक जित्ने खेलाडी हुन्। केटी र मिसी दुई सय मिटर फ्रिस्टाइल स्पर्धाको छनोटमा क्रमशः पहिलो र दोस्रो हुँदै रियो ओलम्पिकका लागि चयन भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.