यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

वेल्सका सबैभन्दा चर्चित खेलाडी हुन्, स्ट्राइकर गारेथ बेल। इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम हुँदै स्पेनिस क्लब रियल म्याड्रिडमा उनको आबद्धताले वेल्सलाई पनि अन्तर्राष्ट्रिय फुटबलमा निकै परिचित बनायो।

उनले क्लबका लागि थुप्रै सफलता सफलता हात पारिसकेका छन्। अब उनको प्रयास राष्ट्रिय टोलीका लागि हो। उनकै उत्कृष्ट प्रदर्शनपछि वेल्स पहिलोपटक युरोकपमा छनोट हुन सफल भएको हो।

बेलले युरोकपको छनोट चरणमा समेत सात गोल गरेका थिए। २६ वर्षीय वेल्सले सन् २००६ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेयता खेलेका ५९ अन्तर्राष्ट्रिय खेलमा २२ गोल गरेका छन्। यू-१७ राष्ट्रिय टोलीमा रहेकै समयमा बेलले सिनियर टोलीमा पाइला टेकेका थिए।

सन् २०१३ मा रियल म्याड्रिडमा आबद्ध भएयता उनले क्लबका लागि एक सय २३ खेल खेल्दै ५८ गोल गरेका छन्। उनले यो सिजन क्लबका लागि ३० खेल खेल्दै १९ गोल गरे।

 

रियलमा पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोको बलियो उपस्थिति रहे पनि बेलले आफ्नो महत्व कम हुन दिएका छैनन्। लामो दूरीबाट गोल गर्न सक्ने छवि बनाएका बेल तीव्र गतिमा दौडन सक्ने र विंग्सबाट समेत राम्रो खेल्न सक्ने फुटबलरका रूपमा परिचित छन्।

मेसी र रोनाल्डोले क्लब फुटबलमा राज गरिरहेको समयमा रियलले बेललाई विश्व कीर्तिमानी मूल्यमा स्थानान्तरण गरेको थियो।ईएसपीएनले बेललाई विश्वका चर्चित खेलाडीको सूचीमा १२ औं स्थानमा राखेको छ।

जारी युरोकपमा पनि बेलले राम्रो प्रदर्शन गरिरहेका छन्। समूहगत चरणका अघिल्ला दुई खेलमा बेलले फ्रिकिकमार्फत दुई गोल गरेका थिए। उनले समूहगत चरणको अन्तिम खेलमा पनि गोल गरे।

उनी टोलीको अग्रपंक्तिमा रहेर जितको नेतृत्व गर्न सक्ने क्षमता भएका खेलाडी हुन्। त्यसैले शनिबार बिहान हुने क्वार्टरफाइनल खेलमा बेल्जियमलाई सबैभन्दा ठूलो डर पनि बेलकै छ। ठूला क्लबमा स्टार खेलाडीसँग खेल्दा प्राप्त गरेको अनुभवलाई बेलले बेल्जियमविरुद्ध प्रयोग गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.