पूर्वमन्त्री मंगलसिद्धि मानन्धरको निधन

 पूर्वमन्त्री मंगलसिद्धि मानन्धरको निधन

काठमाडौ: संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वमन्त्री मंगलसिद्धि मानन्धरको निधन भएको छ।

उनको ७३ वर्षको उमेरमा हृदयघातबाट निधन भएको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई बताए।

त्रिभुवन विश्वविद्यालयमा भूगोल विषयको प्राध्यापन गरेका उनी लामो समयदेखि क्यान्सरबाट पनि पीडित थिए। क्यान्सरको उपचारपछि सवस्थ भइसकेका मानन्धरको विहान १० बजेर ४५ मिनेटमा हृदयघातबाट निधन भएको हो ।

मानन्धरको अन्त्येष्टि शनिबार मात्रै गरिने भएको छ। उनका श्रीमति, दुई छोरा र एक छोरी छन्। एक जना छोरा भारतमा रहेकाले उनी आएपछि मात्रै अन्त्येष्टि गरिने भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.