एघार यात्रुसहितको रसियन जहाज वेपत्ता
काठमाडौंः काठमाडौं: एघारजना यात्रु बोकेको एउटा अग्निनियन्त्रक जहाज शुक्रबार दिउँसोबाट वेपत्ता भएको छ ।
एघारजना यात्रु बोकेको यो जहाज रुसको इर्कुत्सक क्षेत्रमा हराइरहेको समाचार दक्षिण–पूर्वीबाट प्राप्त समाचारमा जनाइएको छ ।
यो जहाज इर्कुत्सक क्षेत्रको जंगलमा लागेको आगो निभाउन सक्रिय अग्नि नियन्त्रकहरुलाई सघाउनका लागि गएको थियो ।
यो जहाज अग्निनियन्त्रकहरुलाई सघाउनका लागि वनक्षेत्रमा चक्कर लगाएर फर्किनुपर्ने निर्धारित समयमा पनि नफर्केपछि वेपत्ता भएको टुंगो अधिकारीहरुले गरेका हनु् ।
रसियन आपतकाल व्यवस्थापन मन्त्रालयले पनि जहाज हराएपछि तत्काल खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको जानकारी दिएको छ ।
#BREAKING A Russian IL-76 aircraft carrying 11 people goes missing in #Russia’s Irkutsk region (RIA) pic.twitter.com/M7GHR9b0Zd
— People's Daily,China (@PDChina) July 1, 2016