डेटिङमा सेलेना र नेमार

डेटिङमा सेलेना र नेमार

चर्चित पपगायिका एवं हलिउड नायिका सेलेना गोमेज र ब्राजिलका फुटबल स्टार नेमार अहिले डेटिङमा रहेको प्रसंगले हलिउड तताएको छ ।

कोपा र युरो कपले विश्वलाई फुटबलमय बनाएको बेला यो जोडीको रोमान्सले संसारको ध्यान खिचेको हो । उनीहरू सम्बन्धमा रहेको चर्चा र आशंका निकै अघिदेखि गरिए पनि केही दिनअघि न्युयोर्कको एउटा नाइट क्लबमा उनीहरू रोमान्टिक मुडमा देखिएपछि धेरैले त्यो आशंका सत्य भएको तर्क गरेका छन् । नाइट क्लबबाट केही समयको अन्तरालमा उनीहरू निस्किएका थिए ।

फुटबलर नेमार सेलेनाको पूर्वप्रेमी गायक जस्टिन बाइबरको मिल्ने साथी हुन् । जस्टिन र नेमारको मित्रताका कारण पनि सेलेना र नेमारबीच विकास भएको सम्बन्ध अहिले चासोको विषय बनको छ । तर २३ वर्षीया सेलेनाले २४ वर्षीया नेमारसँगको सम्बन्धका बारेमा अहिलेसम्म केही पनि बोलेकी छैनन् ।

नेमारले सेलेनालाई पहिलादेखि ‘स्टनिङ ब्युटिफुल गर्ल’ भन्दै प्रशंसा गर्ने गर्थे । सेलेनासँग उनको अफेयरको हल्ला चले पनि जस्टिनको नजिकको साथी भएकाले उनकै प्रेमिकासँग डेट गर्न सक्दैन भन्ने एकथरीको भनाइ पनि छ । नेमार र जस्टिन एकअर्काको प्रतिभाको प्रशंसा र सम्मान गर्ने गर्छन् ।

कतिपय सञ्चारमाध्यमले समेत नेमारले आफ्नो मिल्ने साथीको चित्त दुखाउन नसक्ने उल्लेख गरेका छन् । तर सेलेना र जस्टिनको ब्रेकअप भइसकेकाले नेमार र सेलेनाको रोमान्सलाई जस्टिनसँगको मित्रताले छेक्न नसक्ने तर्क गर्ने फ्यानहरू पनि त्यत्तिकै छन् ।

हुन त अहिले पनि सेलेनाको बारेमा जस्टिनले निकै चासो राख्दै आएका छन् । उनी के गर्दैछिन्, उनको बारेमा के भइरहेको छ भन्ने विषयमा निकै ख्याल गर्ने गरेको स्रोतको भनाइ छ । जस्टिनले उनीसँग ब्रेकअप भएपछि ‘प्रपोज’ नामक एल्बम निकालेका सेलेनालाई पुनः आफूले माया गर्ने सन्देश दिन चाहेको बताइएको छ ।

कतिपय फ्यानले नेमार र सेलेनाको जोडीलाई ‘सुन्दर जोडी’ जोडीको संज्ञा दिन थालिसकेका छन् भने केहीले अफेयर चलाउनुभन्दा एकअर्काका असल साथी बनेर सम्बन्धलाई सन्तुलनमा राख्न पनि सुझाएका छन् । अहिले सेलेना गोमेज आफ्नो वल्र्ड टुरमा यस्त छिन् ।

जस्टिनसँगको ब्रेकअप पछि उनको जीवनमा निकै उतारचढाव आए पनि त्यसलाई सन्तुलनमा राखेर अगाडि बढ्न उनी सफल भएकी छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.