कुलेखानी–काठमाडौं सडकको ठाउँठाउँमा पहिरो
अन्नपूर्णः लगातारको झरीले हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौंसम्म जोड्ने सडकको ठाउँ ठाउँमा झरेको पहिरोले सयौं यात्रु अलपत्र परेका छन् ।
बोलेरो जीपहरुले यात्रु बोकेर ओहोरदोहोर गर्ने यो सडक मार्गको मकवानपुर र ललितपुर खण्डमा पहिरो झर्दा करिब ५० वटा गाडीका सयौं यात्रु अलपत्र परेका एक यात्रु सुदिप बरालले जानकारी दिए ।
उनका अनुसार पहिरो झरेपछि मकवानपुरको सिस्नेरीमा सयौं गाडी रोकिएका थिए । तर, डोजरले पहिरो हटाएपछि त्यहाँ बाटो खुलेपनि फेरि ललितपुर खण्डमा पनि पहिरो झरेर बाटो अवरुद्ध भएको बरालले बताए ।
त्यहाँ पनि डोजरले पहिरो हटाउनेवित्तिकै फेरि अर्को पहिरो झरेर सडक अवरुद्ध हुँदा गाडीको जाम भएको छ ।