भावना घिमिरेले क्यान छोडिन्
काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान)की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे क्यानको जिम्मेवारीबाट अलग भएकी छन् । शुक्रबार घिमिरेले ट्विटरमा लेखेकी छन्, ‘क्रिकेट संघको सम्पूर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको छु ।'
क्रिकेट संघको सम्पुर्ण जिम्मेवारी बाट बाहिर बस्ने निर्णय गरेको छु । ++
— Bhawana Ghimire (@BhawanaCAN) July 1, 2016
तीन मिनेटको अवधिमा लगातार तीन ट्वीट गर्दै भावनाले क्यान छोड्ने घोषणा गरेकी छन् । पहिलो ट्वीटमा क्यान छोड्ने घोषणा गरेकी भावनाले दोस्रो ट्वीटमा करोडौ नेपालीको सपना जोडिएको क्रिकेटंलाई बन्दी बनाउनु दुर्भाग्यपूर्ण भएको बताएकी छन् ।
‘करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपूर्ण छ । सबै स्टेकहोल्डरहरु एकजुटभइ निकास निकाल्न अपिल गर्दछु,' उनले दोस्रो ट्वीटमा लेखेकी छन् ।
करोडौँ नेपालीहरुको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुर्भाग्यपुर्ण छ। सबै स्टेकहोल्डरहरु एकजुटभइ निकास निकाल्न अपिल गर्दछु
— Bhawana Ghimire (@BhawanaCAN) July 1, 2016
त्यस्तै, तेस्रो ट्वीटमा भावनाले क्यानमा बसेर भन्दा बाहिर नै बसेर नेपाली क्रिकेटका लागि योगदान गर्न सक्ने उल्लेख गरेकी छन् । घिमिरे लेख्छिन्, ‘हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई वढि योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो ।'
हालको स्थितिमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलाई वढि योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो ।
— Bhawana Ghimire (@BhawanaCAN) July 1, 2016