देशभरी वर्षा, डाँडा धसिन थाले

देशभरी वर्षा, डाँडा धसिन थाले

काठमाडौँ: देशैभरी भारी वर्षा भएपछि भूकम्पले चिरिएका जमिन धसिन थालेका छन् । निरन्तरको वर्षाले सबै नदीमा पानीको वहाव बढेर केही नदी खतराको स्तरमा पुगेका छन् ।

निरन्तरको वर्षापछि पहाडी भेगमा चिरएका डांडै बग्ने खतरा बढेको छ भने तराईमा बाढी र नदी थुनिने संभावनापनि त्यतिकै छ । ‘यही गतिमा निरन्तर पानी पर्दा देशका धेरै ठाउं बाढी पहिरोले बगाउने देखिन्छ,' त्रिभुवन विश्व विद्यालय पूल्चोक इन्जिनियरिङ क्याम्पस, प्रकोप अध्ययन केन्द्रका उप निर्देशक बसन्तराज अधिकारीले भने ।

विज्ञका अनुसार, भूकम्पले चिरिएका जमिन वर्षामा सबैभन्दा खतरा हुन्छन् । गत वर्ष कम वर्षा भएका कारण चिरिएका जमिनमा धेरै पहिरो गएन । तर यो वर्ष त्यो खतरा दोब्बर भएको उनीहरुको निष्कर्ष छ । ‘जमिन चिरिएका छन्, तर पुरिएका छैनन् । त्यहां पानी परेपछि धसिएर पहिरो जान्छ,' अधिकारीले भने, ‘धादिङमा बिहीबार गएको पहिरो त्यसैको नमूना हो ।'

गत वर्ष देशभरी मनसुनमा औषतभन्दा कम वर्षा भएको थियो । यो वर्ष भने विज्ञहरुले देशभरी बढी वर्षाको अनुमान गरेका छन् । मनसुनको सुरु मै भएको वर्षाले समेत त्यो अनुमान पुष्टी गरेको छ । यस्तो वर्षामा भूकम्पले चिरिएका डाँडा अनुमानै नगरिका ठाउंमा खस्न सक्ने उनको अनुभव छ ।

अधिकारीले भने, ‘काभ्रेको माथिल्लो भेगमा चिरिएकाजमिन टालिएको छैन, पानी छिरेपछि डांडै झर्ने खतरा छ,' सो क्षेत्रमा गत वर्ष डाडाको लेजर स्क्यान गरेका थिए । काभ्रो चन्दनी मन्दन गाउंमा माथी धांजा फाटेको छ त्यहां १० सेन्टीमिटरसम्मको चिरा देखिएका छन् तर टालिएका छैनन् । ‘यस्ता डाँडा पानी परेपछि माथीबाट खस्ने संभावना धेरै हुन्छ, सरकारी ध्यान जान जरुरी छ' अधिकारीले भने ।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा माथी पहिरो गएको र त्यहां डाडा तीन मिटरसम्म चिरिएको बताए । त्यस्तै भोटेकोशी आसपासका क्षेत्रमा पनि त्यस्तै समस्या रहेको भन्दै त्यस्ता धेरै क्षेत्रमा स्थलगत अध्ययनको खांचो विज्ञहरुले औंल्याएका छन् । पानी धेरै परेपछि माटोमा वाटर प्रेसर बढेपछि पहिरोको रुपमा डांडै खस्ने अनुभव अधिकारीको छ।

जलवायु तथा मौसम विज्ञान विभाग बाढी अनुमान महाशाखाका विज्ञ विनोद पराजुलीका अनुसार, अधिकांश नदीमा पानीको स्तर खतराको तह नजिक पुगेको छ । ‘धेरै नदीमा पानी खतराको विन्दु नजिक पुगेको छ, एक दुई दिन यस्तै वर्षा भए धेरै नदीमा बाढीको खतरा छ,' पराजुलीले भने ।

देशभरीका दुईसय भन्दा बढी केन्द्रबाट प्राप्त तथ्यांक अनुसार, शुक्रबारको वर्षाले देशका विभिन्न २४ नदीमा पानीको वहाव बढिरहेको देखिएको छ । शुक्रबारको जस्तै वर्षा शनिबार पनि भए धेरै नदी खतरा हुने बाढी पूर्वानुमान विज्ञ पराजुलीले बताए । उनले भने, ‘खतराको लेभलमा पुग्न एक मिटरजति बांकी छ त्यो निरन्तर एक दिन ठूलो वर्षा भए समस्या बन्छ,' विज्ञहरुले पहाड झरेर कालीगण्डकी थुनिएजस्तै नदी थुनिने संभावनाप्रति पनि सेचत हुन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.