त्रिभुवन विमानस्थलका कर्मचारी नै डलर तस्करीमा

त्रिभुवन विमानस्थलका कर्मचारी नै डलर तस्करीमा

काठमाडौः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा काम गर्ने कर्मचारी नै डलर तस्करीमा लागेको रहस्य खुलेको छ । विमानस्थल प्रहरीले डिउटी टर्मिन कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो ।

असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक डाँडागाउँंका भरत सञ्जेललाई प्रहरीले आठ हजार डलर सहित पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हाण्ड व्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय, ५० र २० दरको आठ हजार बराबरको अमेरिकी डलर फेला पारेको थियो ।

सुरुमा प्रहरीले पक्राउ गर्दा ट्राभल एजेन्सीले राख्न दिएको बताएपनि पछि विभिन्न म्यानपावर एजेन्सीमार्फत भिजिट भिसामा कुवेत, कतार लगायतका मुलुकमा जान हिँडेकाबाट उक्त डलर संकलन गरेको बयान दिएका थिए । सञ्जेल नागरिक उड्यन प्राधिकरण अन्तर्गत ठेकदारमार्फत क्लिनर्सको काम गर्दै आएका थिए ।

सञ्जेल पक्राउ परेको दुई दिनमै आठ लाख नेपाली रुपैंया राजश्व अनुसन्धान विभागमा धरौटी बुझाएर छुटिसके । तर यो घटनालाई विमानस्थल प्रशासनले भने गुपचुप राख्दै आएको छ । प्रहरी यसबारे जानकार रहेपनि विमानस्थल प्रशासनको दबाबमा यो घटनालाई बाहिर नल्याएको स्रोत बताउँंछ ।

म्यानपावर एजेन्सी कै सेटिङमा भिजिट भिसामा जान हिंडेकाबाट डलर संकलन गर्दै आएका सञ्जेलले विभागको बयानमा केही म्यनपावर कम्पनीको नाम पोलेका छन् ।

अनुसन्धानको लागि भन्दै ति म्यानपावरको नाम गोप्य राखिएको छ । स्रोतका अनुसार भिजिट भिसामा जान कम्तीमा एक हजार डलर देखाउनुपर्छ । तर सेटिङ गर्नेले विमानस्थलको एप्रोन पुग्नै लाग्दा शौचालयमा पुगेर आफुलाई चाहिने सय देखि दुई सय डलर आफुसँंगै राखेर अरु पास गर्दछन् ।

विमानस्थलका तत्कालीन सुरक्षा प्रमुख डिआईजी विजयलाल कायस्थले विमानस्थल भित्रका कर्मचारीलाई मनपरि ढंगबाट गरिएको पास वितरणले थप सुरक्षा चुनौति र अवैध गतिविधी बढ्ने जनाऊ दिंदै विमानस्थल प्रशासनलाई पासको ‘रि ईन्ट्री’ गरेर आवश्यकता भन्दा बढी वितरण नगर्न सुझाएका थिए । प्रशासनले भीआईपी पास रोकेपनि अफिसिएल पासमा भने नियन्त्रणकारी काम गर्न सकेको छैन ।

‘सुरक्षाकर्मीदेखि विमानस्थल प्रशासनका महानिर्देशकको समेत शरीर खानतलासी हुने स्थानमा सञ्जेलले कसरी डलर संकलन गरेर लैजाने कोसिस गरे यो खोजविनको विषय छ, हामीले यससम्बन्धमा प्राधिकरणलाई ध्यानाकर्षण गराएका छौं, विमानस्थल सुरक्षा प्रमुख डिआईजी गोविन्द निरौलाले भने । उनले संजेलको काम गराईको शैली र व्यवहारमाथि शंका लागेपछि निगरानी गर्दा शंकास्पद व्यवहार देखाएपछि डलर फेला परेको जानकारी दिए ।

स्रोतका अनुसार विमानस्थलभित्र अवैध गतिविधी गर्ने उद्देश्य राखेका कर्मचारीले सजिलै डलर र सुन तस्करी गर्न सक्छन् । विमानस्थलका एक सुरक्षा अधिकारीले भने,‘ अव्यवस्थित ढंगबाट पास वितरण भएको छ, पास भएकालाई को कहाँं जान्छ र के काम गर्छ भनेर प्रहरी पिछालगाउने कुरो भएन, भद्रगोल अवस्थाले बेलाबेलामा समस्य सिर्जना रेका छन् ।’

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता भोला गुरागाइँले सञ्जले पाँच वर्षदेखि क्लिनर्सको काम गर्दै आएको बताए । उनले भने,‘ कुनै व्यक्ति खराब भयो भन्दैमा सबै संगठनलाई मुछ्न मिल्दैन, प्रहरी बढी संवेदनशील भयो भने गलत प्रवृत्ति आफैं रोकिन्छ ।’

उनले विमास्थलमा वितरण गरिने पासका सम्बन्धमा सुरुमा प्रहरी रिर्पोर्ट आएपछि मात्रै वितरण गर्दै आएको जानकारी दिए । गुरागाइँका अनुसार अन्तराष्ट्रिय टर्मिनलमा २८ वटा विभिन्न एयरलाईन्स कम्पनी, सुरक्षा निकाय, प्राधिकरणका कर्मचारी, भन्सार, अध्यागमन र होटल, मनी एक्सचेन्सर, बैंक तथा वित्तिय संस्था र क्लिनर्सगरि करिब ६ हजारको संख्यामा पास वितरण गरिएको छ । सबै स्थानमा पुग्न पहुँंका पास भने सीमित कर्मचारीमा मात्रै छन् ।

‘अनावश्यक व्यक्तिलाई पास वितरण गरिएको छैन, पास भिर्दैमा उसलाई चेकिङ नै गर्नु नपर्ने होइन, प्रहरीले जो कोहीलाई पनि सुरक्षा जाँच गर्न पाउँंछ, उनले भने ।

राजश्व अनुसन्धान विभागको कानुन शाखाका जिल्ला न्यायाधिवक्ता तारासिंह धामीले संजेल धरौटी तिरेर छुटेको पुष्टी गरे । उनले भने,‘ बयानको कुरा मैले खुलाउन मिल्दैन, उनी धरौटी तिरेर छुटिसके ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.