बढ्ने भयो हवाई भाडा

बढ्ने भयो हवाई भाडा

काठमाडौं: आन्तरिक उडानतर्फको हवाई भाडा बढ्ने भएको छ । १९ देखि ४३ प्रतिशतसम्म हवाई भाडा बढाउन सिफारिस भएको छ।

सिफारिस भएको भाडा वृद्धिलाई स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा भाडा पुनरावलोकन अध्ययन समिति गठन गरेको छ । समितिले राय दिएपछि हवाई भाडा बढ्नेछ।

समितिमा प्राधिकरणकै उपमहानिर्देशक राजनराज पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, नेपाल आयल निगम र उपभोक्ता अधिकार मञ्चका एकएकजना प्रतिनिधि राखिएको प्राधिकरणले जानकारी दिएको छ।

यसअघि प्राधिकरणकै उपमहानिर्देशक पोखरेलको संयोजकत्वमा गठित सातसदस्यीय हवाई भाडा पुनरावलोकन समितिले दिएको सुझाव कार्यान्वयन गर्न एकपटक थप छलफल गर्नुपर्ने आवश्यकता औंल्याएर प्राधिकरणको सञ्चालक समितिले पुनः समिति बनाएको हो।

यो समितिले दिएको सुझावसमेतलाई आधार मानेर प्राधिकरणले हवाई भाडा बढाउने निर्णय गर्छ । प्राधिकरणको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृति दिएपछि कार्यान्वयन हुन्छ।

आन्तरिक वायुसेवाको काठमाडौं विमानस्थलाई आधार बनाएर काठमाडौंबाट नजिकको गन्तव्यमा १९ र टाढाको गन्तव्यमा ३९ प्रतिशतसम्म हवाई भाडा बढाउने गरी प्रतिवेदन तयार भएको प्राधिकरणले जानकारी दिएको छ।

नजिकका गन्तव्य सिमरा तथा भरतपुरमा १९ प्रतिशत भाडा बढ्ने भएको छ भने टाढाका गन्तव्य धनगढी, नेपालगन्जसहितमा ४३ प्रतिशतसम्म हवाई भाडा बढ्ने भएको छ । विगत ६ वर्षयता हवाई भाडा बढेको छैन।

आन्तरिक वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले पनि २०६७ सालयता नबढेको हवाई भाडा बजार भाउ तथा नेपाल राष्ट्रबैंकले जारी गर्ने मुद्रा स्फीति दर हेरेर पुनरावलोकन गर्नुपर्ने बताएको छ।

अहिलेको अवस्थामा हवाई भाडा बढाउनुपर्ने भन्दै पुनरावलोकन समितिले सिफारिस गरेको हो। हाल नियमित उडानका विभिन्न गन्तव्यमध्ये काठमाडौंबाट नजिकको गन्तव्य सिमराका लागि १५ सय र टाढाको गन्तव्य धनगढीको हवाई भाडा ६ हजार सात सय रुपैयाँ छ।

यो भाडामा इन्धनको मूल्य छुट्टै जोडिएको हुन्छ । यात्रुले हवाई टिकेट काट्दा भने भाडा, इन्धनको शुल्क, विमानस्थल शुल्कसहित एकमुष्ठ रकम हवाई भाडाकै रूपमा बुझाउने गर्छन् । प्राधिकरणका अनुसार आगामी साउनदेखि यात्रुले बढेको हवाई भाडा तिर्नुपर्ने हुन्छ।

 


मौसम खराबीले उडान प्रभावित

काठमाडौंट: शुक्रबार बिहानैदेखिको निरन्तरको वर्षाका कारण मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उडानको एयर चाइनाको अवतरण रद्द भएको छ।

शुक्रबार बिहान १० बजे अवतरण गर्ने तय भएको यो उडान मौसमको खराबीका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेर चीनमै फर्किएको छ।

एयर अरेबियाको जहाज पनि फर्किएर बेलुका मात्रै आएको थियो भने वायुसेवा निगमको दोहा जाने जहाज तोकिएको समयमा उड्न नपाएर बेलुकामात्रै उडेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।

यस्तै आन्तरिक उडानमा पनि बुद्ध एयरका तीनवटा पोखराका र तुम्लिङटारको एउटा उडान रद्द भएको छ। यती एयरलाइन्सका तीन र सिम्रिकको एउटा उडान रद्द भएको छ।

आन्तरिक उडानमा तुम्लिङटार र पोखराबाहेक अन्यत्र उडान हुन सकेको आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.