विराज सर्वोत्कृष्ट खेलाडी

विराज सर्वोत्कृष्ट खेलाडी

काठमाडौं: दशरथ चन्द मेधावी खेलाडी पुरस्कार-२०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रस्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा संयुक्त रूपमा आयोजित कार्यक्रममा विराजलाई १५ हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो।

गत वर्ष भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबल तथा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलमा नेपालले स्वर्ण जित्दा विराज टोलीका कप्तान थिए।

ट्रस्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएको छ। विराज मध्यमाञ्चलबाट छनोट भएका हुन्।

त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपुल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी नीमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी नीमा घर्तीमगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए।

चारैजना १२औं सागका पदक विजेता हुन्। फुपु र नीमाले स्वर्ण तथा तेक्वान्दोकी नीमा र राजेशले रजत पदक जितेका थिए। सबैले जनही १० हजार एक रुपैयाँका दरले नगद र सम्मानपत्र पाए।

राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता एनपी साउद, ट्रस्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले खेलाडीलाई सम्मान गरे। फुपु प्रशिक्षणका लागि हंगेरीमा रहेका कारण उनकी आमाले पुरस्कार ग्रहण गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.