तनावमा कटरिना कैफ

 तनावमा कटरिना कैफ

बलिउड नायिका कटरिना कैफ यति बेला तनावमा छिन् । नम्बर वान नायिकाको दौडमा रहेकी उनी पछिल्लो समय त्यो रेसमा पनि कमजोर हुँदै गएको समीक्षकको दाबी छ ।

अघिल्लो वर्षसम्म कटरिनालाई फापेको थियो । बलिउड दबंग ब्वाइ सलमान खानसँग प्रेमसम्बन्धमा रहेपछि बलिउडमा चम्किएकी उनले लामो समयसम्म सफलतै सफलता हात पारिन् ।

सलमानको साथ छुटे पनि कपुर खानदानका आशलाग्दा स्टार रणवीर कपुरको साथ पाएकी थिइन् ।रणवीर र कटरिनाको सम्बन्धले पनि धेरै चर्चा पायो । यतिसम्म कि उनीहरूको विवाह भएको पक्कापक्की ठोकुवासमेत गरिएको थियो । तर, अहिले उनलाई न सलमानको माया छ न त रणवीरको ।

उनी अभिनीत चलचित्रहरू पनि खासै चम्किन सकेका छैनन् । उमेर ढल्कँदैछ । परिवारबाट विवाहको दबाब बढ्दो छ तर विभिन्न व्यक्तिसँग नाम जोडिएर छवि पनि सङ्लो छैन । नाम जोडिनेमात्रै होइन, रणवीर कपुरसँग त छ महिना ‘लिभिङ टुगेदर'को सम्बन्धमा थिए ।

विगतका यी प्रसंगले कटरिनालाई अहिले पोल्न थालेको छ । उनी तनावमा परेकी छन् ।कटरिनाको यो अवस्था बुझेर उनकी आमा सुजैन टरक्योटले दुलाहा खोजिदिन सुरु गरेको स्रोतले जनाएको छ । कटरिनामात्रै होइन, आमा सुजैन पनि छोरीका कारण अहिले चिन्तित छिन् ।

उनको चिन्ता त्यति बेला बढ्यो जब कटरिना र रणवीरको ब्रेकअप भयो । उनीहरूको गत वर्ष नै ब्रेकअप भएको हो। त्यस बेला रणवीरले कटरिनालाई अपार्टमेन्टमा एक्लै छाडेर हिँडेका थिए ।

जुन अपार्टमेन्टमा उनीहरू छ महिनासम्म एकसाथ बसेका थिए । प्रेम र आत्मीय सम्बन्ध नभए पनि उनीहरू अहिले चलचित्र ‘जग्गा जासुस' रिलिजको पर्खाइमा छन् । रणवीर र कटरिनाको खराब सम्बन्धका कारण निर्माण पक्षलाई चलचित्र प्रवद्र्धनमा समस्या भएको बताइएको छ ।

स्रोतका अनुसार कटरिनाकी आमाले रणवीर र कटरिनाबीचको झगडा सुल्झाउने प्रयास पनि गरेकी थिइन् तर रणवीरले उनको फोन उठाएनन् ।

त्यसपछि रणवीरकी आमा नीतु सिंहलाई समेत सुजैनले फोन गरेकी थिइन् । नीतुले सहज रूपमा कुरा गरे पनि सबै कुरा रणवीरको चाहनाअनुसार हुने बताएकी थिइन् । अन्ततः त्यस्तै भयो । उनीहरूको फाटेको मन जोडिएन । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.