फुटबलरसँग सेलिब्रेटीको प्रेम

फुटबलरसँग सेलिब्रेटीको प्रेम

संसारमा संभवतः सबभन्दा लोकप्रिय खेल हो फुटबल। यतिबेला कोपा अमेरिका र युरो कपले विश्वबजार तताइरहेको छ। त्यसको प्रभाव नेपालमा पनि उत्तिकै छ।

फुटबल स्टारको क्रेज पनि उत्तिकै छ। सामान्य मानिसको जस्तै सेलिबे्रटीको पनि फुटबलमा झुकाव देख्न पाइन्छ। विश्वप्रसिद्ध गायिका, नायिका, सुपरमोडेल एवं व्यावसायी समेत फुटबल खेलाडीप्रतिको मोहित हुने गरेका छन्।

साकिरा र गेरार्डको दसवर्षे प्रेम
स्पेनी फुटबलर गेरार्ड पीके विश्वविख्यात गायिका साकिराभन्दा दस वर्ष कान्छा छन्। गेरार्ड २८ वर्षका भए भने साकिरा ३८ वर्षकी। उनीहरूको सम्बन्ध २०१० देखि सुरु भएको हो।

जतिबेला साकिरा बार्सिलोना र स्पेनमा हुने खेलमा प्रायः उपस्थित हुन्थिन्। गेरार्ड स्पेनिस खेलमा सेलिब्रटी बनिसकेका थिए। कोलम्बियन पपगायिका साकिरा पनि विश्वप्रख्यात बनिसकेकी थिइन्। उनीहरूले प्रेम सम्बन्धलाई विवाहमा बदलेर दुई छोरालाई जन्म दिइसकेका छन्।

उनीहरूले आफ्नो जेठो छोराको नाम मिलान राखिदिएका छन्। दोस्रो बच्चाको नाम भने सासा हो। छोराको जन्मपछि आफ्नो परिवार अझै खुसी भएको साकिराले बताएकी छन्। सासा जन्मिनुभन्दा पहिले गेरार्डले उनको लागि बार्सिलोनाको टिसर्ट बनाएर राखेका थिए जसमा सासा लेखिएको थियो।

ट्विटरबाट रिहाना र करिम
२८ वर्षीया पपगायिका रिहानाको पनि रियल म्याड्रिड खेलाडी करिम बेन्जेमसँग कुनै समय गहिरो सम्बन्ध थियो। उनीहरूको सम्बन्ध सामाजिक सञ्जाल ट्विटरबाट सुरु भएको हो। २८ वर्षीय करिमले उनको व्यस्त जीवनको बाबजुद रिहानाको लागि ठाउँ दिन कुनै अप्ठ्यारो नपरेको बताएका थिए।

उनले रिहानालाई गायनमा एकाग्र हुन अनुरोध पनि गरेका थिए। रिहानाले पनि फ्रान्सेली खेलाडीको खेलप्रतिको मोहलाई सम्मान गर्ने बताएकी थिइन्। दुवै जनाले आआफ्नो करिअरलाई अगाडि बढाउन एकअर्कालाई साथ दिए। तर म्यासेज र फोनको माध्यमबाट मात्रै उनीहरूको आत्मियता र प्रेम सम्बन्ध लामो समय रहन सकेन।

उदाहरणीय डेभिड र भिक्टोरिया
चारवटा बच्चाकी आमा बनिसकेकी ४२ वर्षीया बेलायती मोडेल भिक्टोरिया बेकह्यामले विश्वप्रसिद्ध फुटबल स्टार डेभिड बेकह्यामसँग विवाह गरेकी हुन्। फुटबल च्यारिटी सोमा उनीहरूको पहिलो पटक भेट भएको थियो। तर भिक्टोरियाले आफूले त्यतिबेलासम्म डेभिडलाई नचिनेको र कहिल्यै फुटबल नहेरेको बताएकी थिइन्। तर पहिलो भेटदेखि नै उनीहरूको प्रेमको बीजारोपण भएको थियो।

केही समयको प्रेमसम्बन्धपछि सन् १९९९ मा उनीहरूले विवाह गरे। उनीहरूको विवाहलाई संसारभरका मिडियाले कभर गरेका थिए। हाल उनीहरूका तीनवटा छोरा र एक छोरी छन्। संसारको एक प्रभावित जोडीको रूपमा चिनिने डेभिड र भिक्टोरिया संसारका धनी सेलिब्रेटी पनि हुन्। ४२ वर्षीय डेभिड युनिसेफका दूत बनेर नेपाल पनि आइसकेका छन्।

जिसेल र टमको एक महिनामै विवाह
न्यु इङ्ल्यान्डकी सुपरमोडल जिसेल बन्डचेनले फुटबलर टम ब्रान्डीलाई करिब एक महिनाको सम्बन्धपछि सन् २००९ मा सानो समारोहबीच विवाह गरेकी हुन्। यो दम्पतीको दुई छोराछोरी बेन्जामिन र भिभियन छन्। यी जोडी प्रायःजसो समारोहमा आफ्ना सन्तानका साथ सहभागी हुन्छन्।

यसको साथै टमको पहिलो पत्नीसँगका छोरा ज्याक पनि उनीहरूसँग नै बसिरहेका छन्। जिसेल विश्वमा हाइएस्ट पेड मोडलमा गनिन्छिन्। तर उनी टमभन्दा पाको हुन्। टम ३८ वर्ष पुगे भने उनी ४६ वर्ष पुगिसकेकी छन्। उनीहरू ववाहिकसम्बन्धलाई सधैं फ्रेस र रोमान्टिक बनाउन प्रयासरत हुन्छन्। कहिले पार्कतिरै चुम्बन गरिरहेका भेटिन्छन्।

धरापमा जेसिका र इरिकको सम्बन्ध
फुटबलर इरिक जोनसनले सन् २०१० नोभेम्बरमा प्रेमप्रस्ताव राखेपछि डेटिङ सुरु गरेकी जेसिका सिम्सनले उनीसँग इनगेजमेन्ट गरिन्। सन् २०१४ को जुलाईमा विवाहबन्धनमा बाँधिएका यो जोडीका म्याक्सवेल र एस नाम गरेका छोराछोरी छन्।

३५ वर्षीया जेसिकालाई ३६ वर्षीय उनका पति इरिकबीच केही महिना पहिला केही खटपट दखिएको थियो। इरिकले आफूलाई चिटिङ गरेको आरोप लगाउँदै उनी अर्कै युवतीसँग रमाइलो गरेको र घुमेको आरोप लगाएकी थिइन्। यो जोडीको सम्बन्ध अहिले सामान्य मानिए पनि धरापमा रहेको बताइन्छ।

रोनाल्डोलाई इरिनाको झापड
क्रिस्टियानो रोनाल्डोले सुन्दर रुसी मोडेल इरिना स्याकसँग दुई वर्ष डेडिङ गरेको हल्ला विभिन्न सञ्चारमाध्यममा छाएको थियो। तर पछि आफू फुटबलको फ्यान नभएको र आफ्ना प्रेमीको फुटबल खेल पेसा पनि आफूलाई मन नपरेको भन्दै उनले सम्बन्ध तोडेकी थिइन्। तर अहिले रोनाल्डोको दुई वर्षका छोरासँग उनको आत्मीय सम्बन्ध रहेको बताइन्छ।

इरिनाले आफूलाई एकदमै ज्ञानी, मायालु, इमानदार मोडल भएको दाबी गरेकी छन्। इरिनाले दिएको एउटा अन्तर्वार्तामा रोनाल्डोलाई झापड हानेको दावी गरेकी छन्। रसियन सुन्दरी इरिनाले सम्बन्धमा रहन रमाइलो कि एक्लो भन्ने प्रश्नमा जोसुकै भए पनि साँचो माया गर्न सुझाव दिएकी थिइन्। जसको मतलव रोनाल्डोले उनीसँग चिटिङ गरेका थिए।

वल्र्डकपकी गर्लफ्रेन्ड लरिस्सा
सन् २०१० तिर लरिस्सा रिक्विलमी प्याराग्वेमा सबभन्दा बढी कमाउने मोडेल थिइन्। सोही वर्ष विश्वकपमा आफ्नो राष्ट्रिय टोलीका लागि उनको साथमा विश्वकै ध्यान केन्द्रित भइरहेको थियो। आफ्नो टोली सेमिफाइनलमा पुगे नांगै हिँड्ने उनले वाचा गरेकी थिइन्।

सोही समय फुटबलर जोनाथन फ्याब्रोसँगको डेटिङले पनि उनलाई चर्चित बनायो। उनी सन् २०१० को फिफा वल्र्ड कपको समयमा निकै चर्चित बनिन् र उनले पाराग्वे फुटबल टिमलाई समर्थन गरेकी थिइन्। त्यति नै बेलादेखि उनी इन्टरनेटमा सबभन्दा धेरै खोजिने महिलाको रूपमा चिनिएकी थिइन्। उनलाई स्पानिस पत्रिकाले विश्वकपको गर्लफ्रेन्ड उपनाम नै दिएको थियो। उनी आफूलाई वल्र्ड कपको ठूलो फ्यान भएको बताउँछिन्।

नियम विना बस्छन् जेसी र इरिक
गायिका जेसी जेम्स डेकरले न्युयोर्कका फुटबलर इरिक डेकरसँग सन् २०१३ को जुनमा विवाह गरेकी हुन्। यी जोडीको पहिलो सन्तानका रूपमा छोरी भिभियन रोजको सन् २०१४ मार्चमा जन्म भयो। उनीहरू आफ्नो दोस्रो बच्चाको पर्खाइमा छन्।

२८ वर्षमा पुग्दा अर्बपति बनिसकेका यी जोडीले उनीहरूको घरमा बस्दा कुनै पनि नियम नभएको बताएका छन्। इरिक घरमा बस्दा कहिल्यै सर्ट लगाउँदैनन्। घरमा भरपूर मनोरञ्जन चाहिने इरिक छोरीको राम्रो स्याहार गर्छन्। उनीहरू एउटा आइडल जोडी बनिसकेका छन्। प्रस्तुति:नितु घले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.