पोखरामा पौने ६ किलोको शिशु जन्मियो

पोखरामा पौने ६ किलोको शिशु जन्मियो

पोखराः काजीपोखरी पोखराकी लक्ष्मी गुरुङले झन्डै ६ किलोको शिशु जन्माएकी छन् । चिकित्सकका अनुसार यति धेरै वजनको बच्चा जन्मनु चिकित्साक्षेत्रकै लागि पनि नौलो हो ।

स्याङ्जाको एलादी स्थायी घर भएकी लक्ष्मीको शुक्रबार साँझ रानीपौवा पोखरास्थित साई अर्चना हस्पिटलमा अप्रेसनबाट शिशु निकालिएको थियो ।

अप्रेसनमा संलग्न डा. अर्चना पुनका अनुसार आमा र छोरा दुवै स्वस्थ छन् । सामान्यभन्दा बढी वजनको जन्मिएको हुनाले केही समय निगरानी गर्न बच्चालाई एनआइसीयुमा राखिएको डा. पुनले जानकारी दिइन् ।

‘हाम्रो हस्पिटलमा एनआइसीयु नभएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ’, उनले भनिन्, ‘बच्चाको तौल ५ किलो ७ सय ५० ग्राम छ ।’ शिशुको लम्बाइ ५७ सेन्टिमिटर रहेको जानकारी पनि डा. पुनले दिइन् ।

लक्ष्मीको गर्भवती जाँच नियमित हुँदै आएको र त्यसबीचमा असामान्य अवस्था कहिल्यै नदेखिएको डा. पुनले बताइन् । ‘भिडियो एक्सरे गर्दा शिशु ४ किलोको हुनुपर्छ भन्ने अनुमान थियो’, उनले भनिन्, ‘तर अझै बढी तौलको जन्मियो ।’

मधुमेह वा थाइराइड भएका आमाबाबुको सन्तानमा असामान्य तौल देखिनसक्ने भए पनि लक्ष्मीमा भने त्यस्तो कुनै बिरामीपन छैन । बच्चामा पनि मधुमेह वा अरु कुनै समस्या नदेखिएको उनले बताइन् ।

लक्ष्मीमा पति होमबहादुर गुरुङका अनुसार अहिले छोरा जन्माएका उनीहरुको यो दोस्रो सन्तान हो । पहिलो सन्तान छोरी १५ महिनाकी छन् । 

ट्याक्सी चलाएर परिवार पाल्दै आएका उनले गर्भवती श्रीमतीको नियमित जाँच गराउँदै आएका थिए । पहिलो सन्तान हुँदा पनि साई अर्चना हस्पिटल लगेको हुँदा यसपालिमा पनि उनले त्यहीं लगेका थिए ।

डाक्टरले साउनमा बच्चा जन्मने मिति दिए पनि केहीअघि लक्ष्मीले व्यथाको महसुस गरेपछि शुक्रबार हस्पिटल लगिएको थियो । शुक्रबार पौने ६ बजे अप्रेसनबाट बच्चा निकालिएको थियो ।

चिकित्सकहरु सामान्यतया साढे २ किलोको बच्चा जन्मनु स्वस्थ नै मान्छन् । लक्ष्मी र होमको जेठो सन्तान छोरी साढे ३ किलोको जन्मिएकी थिइन् ।
‘पहिलाको बच्चा पेटमा हुँदाभन्दा यसपालि अलि भारी भएको भन्थिन्’, उनले भने, ‘अरु त कुनै अप्ठेरो केही थिएन ।’

आमा र बच्चा दुवै स्वस्थ रहेकाले होम खुसी छन् । सामान्यभन्दा धेरै तौलको जन्मिएको भए पनि छोरा स्वस्थ रहेकाले खुसी लागेको उनले सुनाए । गर्भवती हुँदा लक्ष्मीले माछामासु र पोषक तत्व धेरै हुने खानेकुरा अत्यधिक खाने गरेको होमले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.