यात्रा गर्दा मनै सिरिङ्ग हुने बाटाहरु... (फोटो फिचरसहित)

यात्रा गर्दा मनै सिरिङ्ग हुने बाटाहरु... (फोटो फिचरसहित)

विश्वका मानिस सबैभन्दा धेरै सडक मार्गको प्रयोग गरेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्दछन् । सामान्य अवस्थाका सडकमा यात्रा गर्न त यात्रुलाई रमाइलो नै लाग्छ । तर, दुनियाँमा यस्ता सडक छन् जहाँ यात्रा गर्दा सवारी चालक मात्र होइन यात्रुले पनि मन सिरिङ्ग सिरिङ्ग बनाउँदै यात्रा गर्नुपर्ने अवस्था छ ।

यस्तै यात्रा गर्दा प्रत्येक पल मृत्युको कल्पना गर्दै हिँड्ने केही सडक छिमेकी राष्ट्र भारतमा छन् ।

 

हेरौं केही जोखिमपूर्ण सडक जहाँ यात्रा गर्दा मनै सिरिङ्ग हुन्छ ?

जम्मु कश्मिरस्थित जोजीला पास सडक

यो सडकलाई भारतको सबैभन्दा खतरनाक सडक मानिन्छ । यस सडकमा सवारी चलाउने चालकको जीवन खुकुरीको धारमा रहेको हुन्छ । सानो मात्र असावधानीले ज्यान गुमाउने जोखिम चालक र यात्रुले मोल्नुपर्ने हुन्छ ।

समुन्द्र सतहबाट तीन हजार पाँच सय ३८ मिटर उचाईमा रहेको यो सडकले लद्दाख तथा कश्मीरलाई जोड्छ ।

जम्मु कश्मिरस्थित किस्तवार कैलाश रोड

जम्मु कश्मिरको किस्तवार सडक यस्तो खतरनाक सडक छ । जहाँ पुग्ने मानिस सडक देखेर झस्किन्छ ।

गहिरो खोँचमा हरियो देखिने नदि बाटोको एकातिर छ भने गति थोरै मात्र असिमित भए भित्ताको चट्टानमा ठोकिने डर । पहाड खोलेर बनाइएको सडकको धेरै भागमा एक पटकमा एउटा गाडीमात्र सञ्चालन हुन सक्छ ।

यो सडक कच्चि छ । उक्त सडकमा सवारी चलाउनु भनेको मृत्यु रोज्नु बराबर भएको स्थानीयहरु बताउँछन् ।

हिमाचल प्रदेशस्थित किस्तवार सडक

भारतको हिमाचल प्रदेशमा रहेको केलोन्ग किस्तवार सडक दुनियाँकै आकर्षक तथा अत्यन्तै खतरनाक सडक हो । सामान्य सडकमा सवारी चलाएका तथा भर्खरै सवारी सञ्चालन सिकेका चालक भने उक्त सडकमा गाडी लिएर नगएकै जाति हुन्छ । राम्रो सवारी चालकलाई पनि यो सडकमा सवारी गुडाउँदा पसिनै छुट्ने गरेको छ ।

यो सडक हिमाचल प्रदेशको केलोन्गदेखि किस्तवाइको बीचमा पर्दछ ।

हिमाचल प्रदेशको स्पिति वैली सडक

यो सडकको दृश्य देखेरै तपाईंलाई थाहा भयो होला कि यो कति खतरनाक छ भन्ने । यो सडकमा चालकले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । चिसो समयमा हल्का तुसारो परेको छ भने त यो सडक भएर कुनै पनि सवारी सञ्चालन हुन सक्दैनन् ।

यो सडकमा हिँड्नका लागि अप्रिलदेखि अक्टुबरसम्मको समय राम्रो मानिन्छ ।

हिमाचल प्रदेशको एनएच २२ किन्नौर रोड

यो खतरनाक रोडमा सवार गर्दा साघुँरो तथा अध्यारो लाग्ने गुफा जस्तो अनि चट्टान झर्न लागेको जस्तो खतरनाक दृश्य देखिनेछ । सवारी चालकले यस सडकमा सानो मात्र गल्ती गर्यो भने खोँचमा बगिरहेको बस्पा नदीमा पुगिन्छ । जहाँ खसेपछि ज्यान जोगिन मुस्किल छ । योसँगै यस सडकमा यात्रा गर्दा तपाईंले अन्य धेरै कठिन समस्याको सामना गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.