मुग्लिङ नारायणगढ सडकको विकल्पमा बुद्धसिं मार्ग

मुग्लिङ नारायणगढ सडकको विकल्पमा बुद्धसिं मार्ग

तनहुँ: मुग्लिङ नारायणगढ सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुका लागि जाम कुनै नौलो कुरा होइन ।

खासगरी सडकको विस्तार कार्य शुरु भएसँगै दैनिक विहान ११ देखि दिउँसो तीनबजेसम्म हुने जाम त नियमत नै थियो, वर्षा शुरु भएसँगै दैनिक पहिरो खस्न थालेपछि यो सडक हुँदै यात्रा गर्नु पर्ने यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

पहिरो खसिरहेकै ठाउँमा जाम हुँदा सवारी साधनमाथि नै पहिरो खस्ने अवस्था समेत आउँदा यस सडकको विकल्पको खोजी भैरहेको छ । दैनिक पहिरो खस्ने र मर्मतको काम समेत भएका कारण बढी मार खेपिरहेको सडकको विकल्पका रुपमा प्रयोग गर्न सकिने भए पनि तनहुँ र चितवनको घुमाउने घाट जोड्ने त्रिशुली पुलको डिजाइनिङको काम तीन वर्षदेखि नसकिंदा तनहुँको बुद्धसिं मार्गको प्रयोग गर्न सकिएको छैन ।

दमौलीबाट ३० किलोमिटरको दुरीमा रहेको घुमाउने घाटबाट चितवन जोडिने मार्गको प्रयोग गर्न सकिए अहिले सडक विस्तार गरिएको सडकको भाग भन्दा अघि गएर जोडिने भएकाले यस सडकको प्रयोग गर्न सकिएमा दिनहुँको जाममा समेत नपरिने जिल्ला प्राविधिक कार्यालय तनहुँका इञ्जिनियर नारायण बरालले बताए ।

उनले समयमै पुल निर्माण भएको भए अहिलेको जाम लगायतको समस्या नआउने र पश्चिम जाने सबैजसो सवारी साधन यही मार्गको प्रयोग गर्न सक्ने बताए ।

दमौलीबाट बुद्धसिं मार्ग हुँदै घुमाउने घाट पुग्नका लागि ३१ किलोमिटर दुरी तय गर्नुपर्छ । जबकी पृथ्वी राजमार्ग हुँदै घुमाउने घाट पुग्नका लागि ५५ किलोमिटर दुरी पार गर्नुपर्छ । यस अर्थमा मार्ग वैकल्पिक मात्र नभएर दुरीका हिसाबले समेत २२ किलोमिटर छोटो पर्ने पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनियर सुनिल रञ्जितकार बताउँछन् ।

छोटो पर्ने र पृथ्वी राजमार्गको सवारी चाप कम गर्नकै लागि भनेर मार्गको विस्तारकार्य समेत तीव्र गतिमा चलिरहेको छ । तर २०६९ सालमा घुमाउने घाटस्थित त्रिशुली नदीमाथि पुल बनाउन भनेर डिजाइनिङको काम समेत हालसम्म नसकिएकाले मार्गलाई वैकल्पिक मार्गको रुप दिन सकिएको छैन ।
हाल तनहुँबाट आन्तरिक रुटमा सवारी साधन सञ्चालन भैरहे पनि पुल निर्माण भएमा राजमार्गका सवारी साधन समेत सोही मार्गबाट लैजान सकिने इञ्जिनियर रञ्जितकारको भनाइ छ ।

पुलको डिजाइनिङ मै झमेला

त्रिशुली नदीमा पुल निर्माण गरेमा वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने भएकाले राष्ट्रिय योजना आयोग र सडक विभाग समेतको उच्च प्राथमिकतामा रहेको मार्गमा पुल निर्माणका लागि मृत सञ्जिवनी जेभीलाई करिब नौ करोड रुपैयाँमा जिम्मा दिइएको थियो ।

उसले प्रारम्भिक चरणको डिजाइन पेश गरे पनि पुल बन्ने क्षेत्रको जटिल भौगोलिक अवस्थाका कारण डिजाइनिङको टुंगो लाग्न नसकेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँका प्रमुख इञ्जिनियर भानु जोशीले बताए । उनले जटिल खालको पुल भएकाले नेपाल र दक्षिण एसियाकै प्राविधिकले टुंगो दिन नसक्दा स्विट्जरल्याण्ड पठाउनु परेको बताए ।

त्यहाँबाटसमेत ढिलाइ भएको भन्दै उनले साउनसम्ममा डिजाइनिङको काम सकिने र पुल निर्माण शुरु हुने बताए । पुल निर्माणका लागि करिब दुई वर्षको समय लाग्ने देखिएकाले तत्काल बुद्धसिं मार्गलाई वैकल्पिक रुपमा प्रयोग गर्न जटिल देखिए पनि दीर्घकालका लागि भने मार्ग विकल्प बन्नेमा शंका नरहेको जोशीले बताए । ‘दुरी र मुग्लिङ पुलको अवस्था आदि कारण यो सडक विकल्पका रुपमा प्रयोग नगरी सुखै छैन,' उनले भने,‘हामी कामलाई गति दिनका लागि प्रयासरत छौं ।'

मुग्लिङ नारायणगढ सडकखण्ड अन्र्तगत चार किलोमा शुक्रबार गएको पहिरो हटाइंदै । दिनहुँ पहिरो जाने र राजमार्ग अवरुद्ध हुँदा यो मार्ग भएर हिंड्ने यात्रुले सास्ती भोगिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.