रोनाल्डो र बेल भिड्ने, कसले बाजी मार्ला ?

रोनाल्डो र बेल भिड्ने, कसले बाजी मार्ला ?


काठमाडौंः फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा स्पेन र इङ्ल्यान्ड जस्ता बलिया टीम समूह चरणमै ढल्दा पोर्चुगल र वेल्स जस्ता टीम अनपेक्षित नतिजासहित अघि बढिरहेका छन् ।

समूह चरणको भिडन्तमा तीनवटै खेलमा बराबरी खेल्दै अन्तिम १६ मा आएको क्रिस्टियानो रोनाल्डोको पोर्चुगल त्यहाँबाट पनि अघि बढेर अन्तिम चारमा पुगिसकेको छ ।

अन्तिम आठका लागि भएको खेलमा क्रोएसियालाई पाखा लगाएको पोर्चुगलले अन्तिम चारका लागि भएको खेलमा पेनाल्टी सुटआउटमा पोल्यान्डलाई पाखा लगाउन सफल भएको छ ।

समूह चरणमा कम्जोर प्रतिद्वन्द्वीहरु हंगेरी, आइसल्यान्ड र अस्ट्रियासँग खेलेको पोर्चुगल धर्मराउँदै तेस्रो स्थानमा रहेर अघि बढेको थियो ।

समूह चरणको पहिलो खेलमा आइसल्यान्डसँग १–१ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा अस्ट्रियासँग गोलरहित बराबरी खेल्यो ।

तेस्रो खेलमा रोनाल्डोले दुई गोल गरेपछि हंगेरीविरुद्ध ३–३ गोलको बराबरी खेल्दै उत्कृष्ट चारमा परेको तेस्रो टीम भएर पोर्चुगल अन्तिम १६ मा पुग्यो ।

समूह चरणबाट अघि बढेपछि भने निरन्तर गोल गरिरहेको पोर्चुगल उपाधि भन्दा दुई खेला टाढा छ । समूह चरणमा पेनाल्टीसमेत हान्न चुकेका रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

अर्कातिर बेलायती संघको देश वेल्स समूह चरणबाट शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको थियो । समूह चरणको पहिलो खेलमा स्लोभाकियालाई ३–० ले हराएको वेल्स दोस्रो खेलमा इङ्ल्यान्डसँग २–१ ले पराजित भयो । तर उसले तेस्रो खेलमा रसियामाथि ३–० कै जित निकाल्दै अन्मि १६ मा पुग्यो ।

यसबीचमा वेल्सका कप्तान ग्यारेथ बेलले तीन गोल पनि गर्न भ्याए । अन्तिम १६ को खेलमा वेल्सले नोर्दन आयरल्यान्डलाई १–० ले पाखा लगायो । समूह चरणबाटै उत्कृष्ट लय समातेको वेल्सले अन्तिम आठमा बेल्जियमविरुद्ध अझ प्रभावशाली खेल देखायो ।

विश्वबरियताको दोस्रो नम्बरको बेल्जियममाथि २६ औँ बरियतामा रहेको वेल्सले ३–१ को जित निकाल्यो । शुरुवातमै गोल खाएर पनि वेल्सले पहिलो हाफमा बराबरी गर्यो भने दोस्रो हाफमा दुई गोल ठोक्दै सेमिफाइनलमा पोर्चुगलसँग भिडन्त पक्का गर्यो । सन् १९५८ पनि युरोपका ठूलो प्रतियोगितको सेमिफाइनलमा पुग्ने क्रममा वेल्सले अविश्वसनीय परिणाम निकाल्यो ।

वेल्सका बेल र पोर्चुगलका रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्छन् । उनीहरु दुईको जिम्मेवारी रियल मड्रिडका लागि गोल गर्ने हो । तर युरोकपको सेमिफाइनल भिडन्तमा भने बेल र रोनाल्डो एकअर्काको पोस्ट्मा गोल गर्ने भूमिकामा उभिएका छन् ।

समूह चरणमा हंगेरीविरुद्धको खेलमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डो त्यसयता गोलबिहीन छन् । अर्कातिर समूह चरणमा स्लोभाकियाविरुद्ध बेलले पहिलो गोल गरे । त्यसपछि इङ्ल्यान्डविरुद्ध पनि उनैले गोल गरे तर वेल्स पराजित भयो । रसियाविरुद्धको तेस्रो खेलमा पनि बेल गोल गर्न सफल भए ।

अन्तिम १६ को नोर्दन आयरल्यान्डविरुद्ध खेलमा बेलले नै प्रहार गरेको बल विपक्षी खेलाडीले जोगाउन खोज्दा जाली चुम्न पुग्यो । अन्तिम आठमा बेल्जियमविरुद्धको खेलमा गोल गर्न नसकेपनि उनले आफ्नो देशलाई शानदार जित दिलाउन आक्रमक खेलका लागि सहयोेगी भूमिका खेले ।

अहिलेसम्मका खेल हेर्दा वेल्सले समूह चरणदेखि क्वार्टफाइनलसम्मका पाँच भिडन्तमा विपक्षीविरुद्ध ११ गोल गरिसकेको छ भने ३ गोलमात्रै खाएको छ ।

अर्कातिर पोर्चुगलको अवस्था अलिक फरक छ । उसले समूह चरणबाट क्र्वाटरफाइलनसम्मका भिडन्तमा ७ गोलमात्रै गरेको छ भने ५ गोल पनि खाएको छ ।

यो सिजनको ला लिगामा यी दुई खेलाडीको गोलको कुरा गर्ने हो भने रोनाल्डो अगाडि छन् । रोनाल्डोले ३५ गोल गरेका थिए भने ११ गोलका लागि अवसर मिलाइदिएका थिए । अर्कातिर उनीसँगै खेल्ने बेलले १९ गोल गरेका थिए भने १० गोलका लागि पास मिलाइदिएका थिए ।

विश्वकै महंगा र एकै क्लबका यी दुई खेलाडीबीच बुधबार लियोनमा सेमिफाइनल भिडन्त यसअर्थमा पनि रोचक हुनेछ कि दुबैजना क्लबमा सफल भएर देशका लागि उपलब्धी गर्न सकेका छैनन् ।

क्लबमा सबै उपलब्धी आफ्नो पोल्टामा हालिसकेका रोनाल्डो सेमिफाइनलसम्मको यात्राले हौसिएका छन् भने गतिला देशलाई ढाल्दै अघि बढेका बेल पनि पेरिसमा युरोकपको उपाधि चुम्न आतुर छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.