सासु ससुराको स्याहार गर्ने बुहारीलाई सम्मान

सासु ससुराको स्याहार गर्ने बुहारीलाई सम्मान

पालुङ्टार(गोरखा): ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाले पालुङ्टार नगरपालिका भित्रका २६ जना ज्येष्ठ नागरिक र ज्येष्ठ सासु ससुरा स्याहार गर्ने बुहारीलाई सम्मान गरेको छ ।

शुक्रबार भवानी क्याम्पसमा एक समारोहको आयोजना गरी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक जनकराज पाण्डेय, स्थानीय विकास अधिकारी नारायण आचार्य, महिला विकास अधिकृत सीता अधिकारीको हातबाट सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नं १२ की १०३ बर्षीया सोममाया राना, वडा नं १३ की १०३ बर्षीया लक्ष्मी गुरुङ, योगमाया तामाङ, नन्दकुमारी अर्याल, धनबहादुर मगर, नील कुमारी थापा, पानमाया कुमाल, जीत बहादुर कुमाल, दलबहादुर राना, पुतलीमाया काफ्ले, मानसिँह बिक, चिजकुमारी श्रेष्ठ, भवनाथ देवकोटा, पुड्की सुनार, चोलानाथ पौडेल, सन्त माया गुरुङ, नन्दलाल राई, नन्द कुमारी सापकोटा, गोपालदत्त देवकोटा, तीर्थकुमारी देवकोटा, यम निधि कँडेल, पुतली सर्किनी, नरहरी देवकोटा, गंगा भट्टराई, बलबहादुर बानिया, र कुलमान श्रेष्ठ सम्मानित भएका हुन् ।

 

त्यस्तै वृद्ध सासु ससुरालाई उत्कृष्ठ स्याहार सुसार गर्ने १३ जना बुहारीहरु पनि सम्मानित भएका छन् । बालकुमारी कँडेल, कोपिला कुमाल, सानु कुमाल, रज कुमारी मल्ल, मिठु मल्ल, सरला देवकोटा, राधिका अधिकारी, माधवी देवकोटा, हिरा बिक, बालकुमारी गुरुङ, कमला थापा उमा बानियाँ, र रजनी थापा सम्मानित भएका हुन् । उनीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद प्रदान गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.