विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

विश्वकै ठुलो शालिग्राम शिला डुवानमा

कुश्माः बिहीवारदेखि परेको लगातारको वर्षाका कारण विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको छ ।

पर्वत, स्याङजा र गूल्मीको सिमानामा रेहको पर्वतका शालिग्राम गाविसमा रहेको विश्वकै ठुलो शालिग्राम शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह बढेर सामान्य अवस्थामा भन्दा माथि आइपुगेपछि शिला डुवानमा परेको हो ।

शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरु समेत विस्थापित बनेका छन् । प्रबित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगाएतका संरचना डुबाएको स्थानिय प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चन्द्रकान्त न्यौपानेले जानकारी दिए ।

 

सिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पुर्ण रुपमा क्षति पुगेको उनले बताए ।

यता बानीको बहाब ह्वात्तै बढेपछि स्थानियवासी रातभर जाग्राम बसेका छन् । कतिवेला घरसम्मै आएर डुवाउनेहो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानिय शिक्षक अशोकसिंह पाण्डेले जानकारी दिए ।

मुलुककै सबैभन्दा ठुलो कालीगण्डएकी ए जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजाको पिंढीखोलामा पर्ने बजार क्षेत्रमा झण्डै डेढ सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बनेका हुन् ।

विगत ६ वर्ष अघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । बिहीबारदेखिको वर्षा र बाढीले स्याङ्गजा तर्फको भागमा कटान शुरु गरेकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्ने देखिएको छ । ६ बर्ष पहिले २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैभर त्रास थप्ने गरेको स्थानिय शिक्षक पाण्डेले बताए ।

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी एको बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । उनले विश्वकै ठुलो शालिग्राम शिला डुवेको तर बजार सम्मभने आइनसकेको जानकारी दिए । उनले स्थानिय प्रहरी चौकीलाई निरगारनी बढाउन लगाईएको पानीको सतह बढेर माथि आउने वित्तिकै स्थानियलाई सुरक्षित स्थानमा लैजान निर्देशन गरिएको पनि बताए । वर्षा नरोकिएमा जुनसुकै बेला पनि खतरा बढ्ने भएकाले स्थानियवासीहरुलाई सचेत भएर बस्न आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.