अस्पतालबाटै पाँच वर्षीय बालकको अपहरण

अस्पतालबाटै पाँच वर्षीय बालकको अपहरण

नेपालगञ्जः नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट पाँच वर्षीय बालक दिउँसै अपहरणमा परेका छन्। दाङ तुल्सीपुर नगरपालिका ९ बैल्वा निवासी गणेश ओलीका पाँच वर्षीय छोरा सिर्जन ओली शनिबार दिउँसो अपहरणमा परेका हुन्।

दाङबाट शुक्रबार बेलुका प्रसूतिका लागि अस्पताल आएकी आमाको साथ आएका बालकलाई अपहरण गर्ने बाँके महादेवपुरी गाविस-४, ढकेरीका २९ बर्षीय अमर खड्कालाई प्रहरीले प्रकाउ गरेको छ। अपराधिक पृष्ठभूमिका खड्काले शुक्रबार बेलुकाबाटै बच्चाको पिछा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बालक अपहरण परेको प्रहरीलाई जानकारी गराएको दुई घण्टापछि प्रहरीले एक होटलबाट बालकको उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुर इन्चार्ज प्रहरी नायब उपरीक्षक सुरेश कुमार काफ्लले भने, ‘बसपार्कको होटलमा राखेको रहेछ, होटलबाटै बालकको उद्धार गर्यौँ र अपहरणकारीलाई नियन्त्रणमा लियौँ।'
 
बालक अपहरणमा संलग्न खड्का हत्याको आरोपमा लामो समयदेखि भारत बस्दै आएका थिए। केही दिन अघि मात्र नेपाल आएका खड्काले आमा सुत्केरी भएपछि एक्लै भएका बालकलाई फकाएर अपहरण गरेको खुलेको छ।

शुक्रबार बेलुका नै खड्काले बालकलाई अस्पतालमै गएर फिल्म देखाउने, चकलेट खुवाउने हर्कत गरेको परिवारले जनाएको छ। सँगै सुत्न जाऊँ भनेर फकाएको अवस्थामा हजुरबाले थाहा पाएर शुक्रबार अपहरणबाट बचाएका थिए। तर, शनिबार बिहानैदेखि पिछालागेका खड्काले दिउँसो १२ बजे बालकलाई अपहरण गरेका थिए।

बालक हराएपछि अस्पतालमा ठूलै खैलाबैला मचिए पनि प्रहरीलाई ढिला खबर गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। ‘हामीलाई पौने २ बजे खबर भयो, त्यसपछि चारै तिर प्रहरी परिचालन गर्यौँ। दुई घण्टामै उद्धार गर्न सफल भयौँ,' काफ्लेले भने।

अपहरणकारी खड्काको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी केही बर्ष अघि ढकेरीमा भएको हत्या घटनामा संलग्न रहेको र घटना लगतै भागेर भारतमा बस्दै आएको सूचना प्राप्त भएको काफ्लेले बताए। ‘खड्का अपराधिक गतिविधिमा समेत संलग्न भएको सूचना प्राप्त भएको छ,' उनले भने, ‘उनको वास्तविकता अनुसन्धानपछि खुल्ने छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.