गुडिरहेको बसमा ढुङ्गा लाग्दा दुई घाइते

गुडिरहेको बसमा ढुङ्गा लाग्दा दुई घाइते

चितवनः नारायणगढ-मुग्लिन सडकखण्डको कविलास गाविस-८ घुमाउनेमा आज बिहान गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा बसका चालक र सहचालक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख २१६७ नंको बसमा आज बिहान ३ः३० बजेको समयमा ढुङ्गा लागेको हो ।

उक्त घटनामा परी बसका चालक सर्लाही राजघाट-२ निवासी ४० वर्षीय टङ्ककुमार मोक्तान र बसका सहचालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१० निवासी २३ वर्षीय मनोहरकुमार चौधरी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार पनि उक्त सडकखण्डको चण्डीभञ्ज्याङ गाविस-५ खहरेखोला नजिक ट्रकमाथि ढुङ्गा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका थिए।

त्यसअघि पहिरो पन्छाउने क्रममा डोजरसमेत पहिरोले पुरिएर क्षतिग्रस्त भएको थियो । त्यस्तै, केही दिनअघि एउटा कार पनि पहिरोले पुरिएको थियो ।

सडक फराकिलो बनाउने कार्य भइरहेको उक्त सडकखण्डमा भित्ता काटिएका कारण पानी पर्नासाथ पहिरो तथा ढुङ्गा खस्ने गर्दछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.