क्यामरुनको बधाईप्रति आक्रोश

क्यामरुनको बधाईप्रति आक्रोश

लन्डन: युरोकप फुटबलको क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेपछि बेलायतका कामचलाउ प्रधानमन्त्री डेभिड क्यामरुनले वेल्सलाई बधाई दिए।

उनले ट्विटरमा लेखेका थिए, 'अचम्मलाग्दो प्रदर्शन। अचम्मलाग्दो नतिजा। वेल्सको टिम र उसका समर्थकले देखाएको धैर्य हेर्नलायक छ। अब वेल्सले पोर्चुगललाई पनि पराजित गर्दै फाइनल खेल्नुपर्छ।'

तर अघिल्लो सातामात्रै बेलायती जनताले युरोपेली युनियनबाट बाहिरिनुपर्ने पक्षमा मत दिएपछि पदबाट राजिनामा दिएका कामचलाउ प्रधानमन्त्री बनेका क्यामरुनले वेल्सलाई बधाई दिएबापत प्रशंसा पाएनन्, बरु प्रशस्तै गाली पाए।

वेल्सका समर्थकले क्यामरुनलाई ट्विटरमार्फत तीव्र आलोचना गरेका छन्। वेल्सका समर्थकले क्यामरुनलाई आफ्नो देशलाई समर्थन गर्ने प्रयास नगर्न सम्मको चेतावनी दिएका छन्।

'वेल्सलाई समर्थन गर्नेबारे कल्पनासमेत नगर। तिमीहरूले ४० वर्षदेखि गर्दै आएको कामले केही गरेको छैन', ट्विटरमा बेलायती प्रधानमन्त्रीलाई उल्लेख गर्दै एक वेल्स समर्थकले लेखेका छन्। क्यामरुनको विरोधमा धेरै ट्विट भएका छन्। 'तपाईं पदमा रहँदा धेरै कुराको अभाव देखियो।

 

खासगरी बेलायतमै विश्वासको कमी देखियो। बाई डेभ', बेलायत युरोपियन युनियनबाट अलग्गिएको सन्दर्भसमेत जोड्दै अर्का एक समर्थकले लेखेका छन्। अर्का एक ट्विटर प्रयोगकर्ताले त वेल्सबारे केही नबोल्न क्यामरुनलाई अनुरोध गर्दै लेखेका छन्, 'टेबुलमा साँचो राखेर ठाउँ छाड्नुस्।'

त्यही सन्दर्भमा अर्का एक ट्विटर प्रयोगकर्ताले आफ्नो देशको समस्या समाधानमा ध्यान दिन भन्दै अन्य देशबारे ध्यान नदिन क्यामरुनलाई सुझाव दिएका छन्। तर, बेलायतका यी दुई देश इङ्ल्यान्ड र वेल्सबीच राजनीतिक सम्बन्ध त्यति राम्रो छैन।

पहिलोपटक युरोकपमा सहभागी भएको वेल्स सेमिफाइनल पुगेको छ। उपाधि दाबेदार मानिएको इङ्ल्यान्ड भने प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो। यति बेला वेल्स बेलायतकै फुटबल प्रतिष्ठा बनेको छ।

एक इङ्ल्यान्ड समर्थकले वेल्सका खेलाडीलाई सडकमा स्वागत गर्न इङ्ल्यान्डको टोली पुग्नुपर्ने बताएका छन्। अर्का एक समर्थकले बेल्जियम र वेल्सबीच खेल भइरहेका बेला इङ्ल्यान्डका समर्थकले वेल्सको पक्षमा नारा लगाउन अनुरोध गरेका थिए।

यसैबीच वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले सपना देख्न नडराउन अनुरोध गर्दै सपना देखेकै कारण आज आफ्नो टोलीले युरोकपमा सफलता हात पारिरहेको बताएका छन्। (एजेन्सी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.