गोठमा लागेको आगो निभाउने क्रममा बालिकाको मृत्यु

गोठमा लागेको आगो निभाउने क्रममा बालिकाको मृत्यु

वीरगन्जः पर्साको तुलसीबर्वा गाविसमा आइतवार बिहान भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ । तुलसीबर्वा गाविस–७ का मनोज हजराकी १४ वर्षीया छोरी रिंकु कुमारी हजराको आगोले जलेर मृत्यु भएको हो ।

छिमेकी सिकेन्द्र हजराको गोठमा बिहान ११ बजे तिर लागेको आगो निभाउने क्रममा रिंकु कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोठमा लामखुटटे धपाउन बालिएको घुरबाट सल्किएर लागेको आगो निभाउने प्रयास गरिरहेका बेला रिंकु माथि गोठको छानो खस्दा उनी गोठ भित्रै जलेको स्थानीयवासीले बताएका छन् ।

रिंकुको विहे चार दिनपछि हुने तय भएको थियो । गोठमा लागेको आगो सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिस्वाबन्जारी र स्थानीयवासी गाँउलेले मिलेर निभाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

रिंकुको शव अहिले घटनास्थलमै रहेको र इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक चक्रबहादुर शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.