भूकम्पमा भत्केको विद्यालय बनाउन मिर्मिरेको 'शिक्षाका लागि संगीत'

भूकम्पमा भत्केको विद्यालय बनाउन मिर्मिरेको 'शिक्षाका लागि संगीत'

काठमाडौं: भूकम्पमा भत्किएको विद्यालय बनाउनका लागि सिंनामंगल-९ स्थित मिर्मिरे युावा क्लबले 'शिक्षाका लागि संगीत कार्यक्रम' शनिबार दिउँसो आयोजना गरेको छ।

मिर्मिरे युवा क्लबले देशकै चर्चित कलाकाहरुको सहभागितमा गरिएको सांगीतिक कार्यक्रमबाट संकलित सात लाख रुपैयाँ काभ्रेस्थित जनता उच्च माविको भवन पुनर्निर्माणाका लागि खर्चिने क्लबका अध्यक्ष राजिब थापाले बताए ।

एक वर्षअघिको भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण नहुँदा त्यस विद्यालयका ५ सय भन्दा बढी विद्यार्थीले अध्ययन गर्न समस्या भइरहेकाले बेला मिर्मिरेले यो सामाजिक प्रयास गरेको हो ।

मिरमिरे युवा क्लबका अध्यक्ष थापाका अनुसार सांगीतिक कार्यक्रममा चर्चित गायक एड्रिन प्रधान तथा ब्यान्ड ,अनिल शाही तथा ब्यान्ड ,रोज मोक्तान, गायिका मिलन अमात्य र हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले प्रस्तुती दिएका थिए ।

यो कार्यक्रमबाट उठेको सबै सात लाख रुपैयाँ काभ्रेस्थित जनता उच्च माविको भवन पुनर्निर्माणमा सहयोग गरिने थापाले बताए । यो सांगीतिक कार्यक्रममा बिभिन्न खेलहरु, फेस पेन्टिङ र खानाका स्टलहरु पनि राखिएको थियो ।

मिर्मिरे युवा समाजले सन् १९९७ सालदेखि सामाजिक काममा योगदान दिँदै आएको छ । क्बलले विशेष गरेर स्वास्थ, शिक्षा, सुरक्षा तथा विभिन्न जनचेतनाका काममा योग्दान पुर्याउँदै आइरहेको थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.