नयाँ टोली पनि कम छैनन्

 नयाँ टोली पनि कम छैनन्

युरोकपमा नकआउट चरणका खेल धेरै राम्रो भइरहेको छ। नसोचेका टोली वेल्स र आइसल्यान्डले धेरै राम्रो खेलिरहेका छन्। वेल्जियमजस्तो सशक्त टोलीसँग वेल्सले धेरै राम्रो खेल्यो।

एक दुईजना मात्र नाम चलेका खेलाडी भएको टोलीले बेल्जियमजस्तो स्टार खेलाडीले भरिएको टोलीलाई सजिलै हराउनु चानचुने होइन। अहिले युरोकपमा नयाँ टोलीको सशक्त आगमन भइरहेको छ। यो फुटबलका लागि राम्रो हो। यसले कम्पिटिसन बढाएको छ। नयाँ टोलीको उदय पनि भएको छ।

बलिया टोलीले हार खेपेका छन्। वेल्स, आइसल्यान्ड, जर्मनी, इटाली र फ्रान्सले अहिले धेरै राम्रो खेलिरहेका छन्। इङ्ल्यान्ड र स्पेनजस्ता नाम चलेका टोली घर फर्किए। यसअघि युरोकपमा जित्ने टोलीको अनुमान लगाउन सकिन्थ्यो। अहिले कसले जित्छ भन्न सकिन्न। तर पनि विश्वकप विजेता जर्मनीले जित्नसक्ने धेरै सम्भावना देख्छु।

मलाई मन पर्ने टोली भने आयोजक फ्रान्स हो। सन् १९९८ को विश्वकपमा जिनेदिन जिदानले खेलेको देखेपछि म फ्रान्सको समर्थक बनेको हुँ। फ्रान्सको खेल अहिले पनि नराम्रो छैन। टोलीमा राम्रा र अनुभवी खेलाडी छन्।

 

घरेलु मैदान र समर्थकको साथ त उसको अर्को हतियार भइहाल्यो। नकआउट चरणमा सानो गल्तीले पनि जुनसुकै टोलीले नतिजा हत्याउन सक्छ। तर इटाली, फ्रान्स र जर्मनीले माथिल्लो स्तरको खेल खेलेका छन्। यिनैमध्येका एउटाले उपाधि जित्ने सम्भावना देख्छु। वेल्स र आइसल्यान्ड पनि कमजोर छैन।

मेरो मनमा फ्रान्स रहेकाले उसैले जितेमा खुसी हुन्थेँ। फ्रान्सले धेरै राम्रो फुटबल खेलिरहेको छ। मिडफिल्ड र स्ट्राइकिङ लाइन धेरै राम्रो छ। फ्रान्स सन्तुलित पनि देखिएको छ। जर्मनीको खेल झनै राम्रो देखिन्छ। पासिङ र काउन्टर आक्रमण त जर्मनीको धेरै माथि देखिन्छ। विश्वकप विजेता भएकाले पनि जर्मनी उत्तिकै फर्ममा छ।

(क्षेत्री मुरारका ग्रुपमा मार्केटिङ प्रमुख हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.