चलचित्र पशुपतिप्रसाद उत्कृष्ट

चलचित्र पशुपतिप्रसाद उत्कृष्ट

काठमाडौं: चलचित्र ‘पशुपतिप्रसाद'ले उत्कृष्ट चलचित्रअन्तर्गत ‘फान अवार्ड' हात पारेको छ । शनिबार राजधानीमा नेपाल चलचित्र कलाकार संघले प्रदान गरेको अवार्डमा उत्कृष्ट निर्देशक र कथाकारसमेत पशुपतिप्रसादकै निर्देशक दीपेन्द्र के खनाल घोषित भए । पशुपतिप्रसादबाटै विपिन कार्कीले उत्कृष्ट खलपात्रको अवार्ड हात पारे ।

२४ विधामा गरिएको अवार्डमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेता र अभिनेत्रीतर्फको उत्कृष्ट अवार्ड पाएका छन् । दुवैले चलचित्र क्लासिकमार्फत अवार्ड जितेका हुन् ।

कार्यक्रममा उद्घोषण गर्दागर्दै हास्यकलाकार विल्सन विक्रम राई अचम्भित भए । उनले उत्कृष्ट हास्य कलाकारको अवार्ड पाउनेमा आफ्नै नाम उच्चारण गर्नुप¥यो । राईलाई चलचित्र अर्धकट्टीबाट अवार्ड प्राप्त भएको हो । कलाकार जितु नेपाल पनि अचम्ममा परे ।

उनले उद्घोषणकै क्रममा उत्कृष्ट सहअभिनेताको अवार्ड पाउनेमा आफ्नै नाम पढ्नु प¥यो । जितुले वडा नम्बर ६ बाट अवार्ड पाएका हुन् । विल्सनको हास्यव्यंग्यले कार्यक्रममा उत्साह थपेको थियो ।

धेरै अवार्ड हात पार्ने अर्को चलचित्रमा ‘क्लासिक' रह्यो । उत्कृष्ट अभिनेता, अभिनेत्रीसँगै सहअभिनेत्रीको अवार्ड चलचित्र क्लासिकबाटै रोमी घिमिरेले पाइन् । चलचित्र क्लासिकबाटै उत्कृष्ट सम्पादकको अवार्ड सुरेन्द्र पौडेलले पाए।

नवअभिनेताको अवार्ड चलचित्र ‘नाइँ नभन्नु ल ३'बाट पल शाहले पाए । उत्कृष्ट नवअभिनेत्रीको अवार्ड चलचित्र ‘ड्रिम्स'की साम्राज्ञीराज्यलक्ष्मी शाहले हात पारिन् । पहिलो चलचित्रबाटै पहिलो अवार्ड पाएकी साम्राज्ञीले भावुक हुँदै अवार्ड थाप्न आमालाई सँगै मञ्चमा लगेकी थिइन् ।

उत्कृष्ट चरित्र अभिनेत्रीमा चलचित्र ‘प्रेमगीत'बाट लक्ष्मी गिरी र चरित्र अभिनेतामा चलचित्र ‘भाग सानी भाग'बाट रमेश बुढाथोकीले पाए । उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र ‘वडा नम्बर ६'को गीत सुर्के थैलीबाट राजनराज शिवाकोटीले हात पारे ।

शंकर बीसीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाए । उत्कृष्ट संवादमा चलचित्र वडा नम्बर ६ बाटै दीपकराज गिरीले अवार्ड हात थापेका थिए । उत्कृष्ट पटकथातर्फको अवार्ड चलचित्र ‘कबड्डी कबड्डी'बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पाए । उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड चलचित्र ‘भैरब'बाट हिमाल केसीले हात पारे ।

उत्कृष्ट गायक गायिकातर्फको फान अवार्ड युवराज चौलागाईं र अञ्जु पन्तले पाए । चलचित्र प्रेमगीतको ‘म त अलपत्रै परेँ' गीतका लागि डाक्टर कृष्णहरि बरालले उत्कृष्ट गीतकारको अवार्ड हात पारे ।

चलचित्र ‘फन्को'बाट सौगाम मल्लले जुरी अवार्ड पाए । अवार्ड कार्यक्रमको बीचमा अशिष्मा नकर्मी, वर्षा राउत, शंकर बीसीलगायतका कालाकर्मीले नृत्य प्रस्तुत गरेका थिए ।

रिमाललाई लाइफटाइम अचिभमेन्ट
नेपाल चलचित्र कलाकार संघले गायक, अभिनेता तथा चलचित्र निर्देशक हरिप्रसाद रिमाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । उनलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

रेडियो नेपालमा पहिलो गीत गाएका हरिप्रसाद रिमालको बहुप्रतिभालाई सम्मान गर्दै लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा स्टार अफ द डिकेड अवार्डले अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको थियो । स्टार अफ द इयर अवार्ड अभिनेता अनमोल केसीलाई प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.