यी हुन् प्रभाव पार्नसक्ने खेलाडी

यी हुन् प्रभाव पार्नसक्ने खेलाडी

जारी युरोकपमा आइसल्यान्ड सहभागी हुन आउनुअघि स्ट्राइकर कोलबैन सिग्थोर्सनको नाम युरोपमा पनि धेरै कम सुनिएको थियो। तर, युरोकपमा पहिलोपटक सहभागी भएको आइसल्यान्डले एकपछि अर्को सफलता हात पार्ने क्रममा सिग्थोर्सन पनि चर्चित बन्दै गएका छन्।

प्रिक्वार्टरफाइनलमा उनले इङ्ल्यान्डविरुद्ध गरेको गोल उल्लेखनीय छ। प्रतियोगिताभर उनले विपक्षी रक्षापंक्तिलाई अत्याइरहेका छन्। २६ वर्षीय यी खेलाडीले राष्ट्रिय टोलीमा गरेको गोल संख्या पनि उत्तिकै लोभलाग्दो र चर्चायोग्य छ।

सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यु गरेका सिग्थोर्सनले अन्तर्राष्ट्रिय फुटबलमा ४३ खेल खेल्दै २१ गोल गरेका छन्। सन् २०१६ मा उनले राष्ट्रिय टोलीका लागि आठ खेल खेल्ने क्रममा तीन गोल गरेका छन्।

आइसल्यान्डको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा सिग्थोर्सन दोस्रो स्थानमा छन्। उनीभन्दा अगाडि रहेका ३७ वर्षीय स्ट्राइकर इयोर गुजोनसेनले ८७ अन्तर्राष्ट्रिय खेलमा २६ गोल गरेका छन्।

गुजोनसेनले सन् १९९६ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। थोरै अन्तर्राष्ट्रिय खेलमा धेरै गोल गरेकाले यति बेला सिग्थोर्सन आइसल्यान्डकै भविष्य बनेका छन्।

 

 

यू-१७, यू-१९ र यू-२१ राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सिग्थोर्सन युरोपियन क्लब आयाक्स, एजेठ अल्कमार हुँदै अहिले फ्रान्सेली क्लब नान्टेससँग आबद्ध छन्।

६ फिट एक इन्च उचाइका सिग्थोर्सनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै गोल गरेका थिए। जारी युरोकपअन्तर्गत सोमबार बिहान हुने क्वार्टरफाइनलमा घरेलु टोली फ्रान्सले आइसल्यान्डको सामना गर्दा सिग्थोर्सन चर्चाको केन्द्रमा रहने निश्चित छ।

घरेलु टोलीलाई हराएर अर्को अप्रत्याशित नतिजा निकाल्न आतुर आइसल्यान्डले सिग्थोर्सनबाट धेरै अपेक्षा पनि गरेको छ। १४ अन्तर्राष्ट्रिय गोल गरेका मिडफिल्डर जिल्फी सिगर्ससनलगायत खेलाडीबाट राम्रो साथ पाउन सके सिग्थोर्सन आइसल्यान्डको सफलतामा निर्णायक बन्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.