रमदानको ब्रतबाट निस्केका ७८ जनाको एकचिहान

रमदानको ब्रतबाट निस्केका ७८ जनाको एकचिहान

काठमाडौं: इराकको राजधानी बगदादमा आइतबार भएको कार बम आक्रमणमा कम्तिमा पनि ७८ जनाको ज्यान गएको छ ।

बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा भएको यो भयानक आक्रमण युवा र परिवारका अन्य सदस्यहरु रमदानको ब्रत सकेर सडकमा निस्केको समयमा भएको हो ।

एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो ।

सयौं मानिसहरु रमदानको बिदाको समयमा किनमेल गर्नका लागि इराकको कर्रादा स्थित ब्यस्त सपिकङ केन्द्रमा निस्केको बेला यो ठूलो आक्रमण भएको हो ।

यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएपनि आधिकारिकरुपमा पुष्टि हुन सकेको छैन । बम आक्रमणपछि घटनास्थलमा लाशको चाङ लागेको छ भने सपिङ सेन्टर पनि छियाछिया भएको छ ।

आजै बगदादको पूर्वी क्षेत्रमा भएको अर्को बम विस्फोटनमा परेर १६ जना मानिस मारिएका छन् । बगदादबाट ४० माइल पश्चिमको फल्लुजाह सहरलाई इराकी फौजले आफ्नो कब्जामा लिएपछि यो आक्रमण भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.