म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु...

म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु...

‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु...' बोलको गीत जब स्टेजमा गुञ्जियो, एउटै खुट्टाको सहारामा छमछमी नाचेर नीलम ढुंगानाले दर्शकको ध्यान आफूतिर तानिन् ।

युवाहरूकै बाक्लो उपस्थिति रहेको कार्यक्रममा नीलमले ‘रेली खोला बगर', ‘वनमा फुल्यो फूल'लगायतका गीतमा नृत्य गरेकी थिइन् । एउटामात्रै खुट्टाको सहारामा नाच्दै गरेकी नीलम भूकम्पले नोक्सान गरेको विद्यालय पुनर्निर्माण अभियानमा साथ दिन यसरी नाचिरहेकी थिइन् ।

‘शिक्षाका लागि संगीत' उद्देश्यका साथ सिनामंगलस्थित ‘मिर्मिरे युवा समाज'ले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सयौं युवाको उपस्थिति थियो ।

कार्यक्रममा १९७४ एडीका गायक एड्रिन प्रधानको गीतमा युवाहरू झुमेका थिए । अहिलेका चर्चित गायिका मिलन अमात्यले पनि गीतमा दर्शक नचाएका थिए । लोकगायनतर्फ रोज मोक्तानको गीतमा सहभागीहरू रमाएका थिए । नेपालमा गितारका बादशाह भनेर चिनिने अनिल शाहीले पूर्व र पश्चिमा फ्युजन धुनले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

काभ्रेको होक्से गाविसस्थित जनता उच्च माविको भवन पुनर्निर्माणका लागि सांगीतिक कार्यक्रम आयोजना गरिएको मिर्मिरे युवा समाजका अध्यक्ष राजीव थापाले बताए । जनता मावि ६३ वर्षपहिला स्थापना भएको थियो । पाँच सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालय भूकम्पले भत्काएको थियो । सोही विद्यालय पुनर्निर्माणका लागि कार्यक्रम आयोजना भएको हो ।

जनता माविका शिक्षक बुद्धिमान तामाङका अनुसार विद्यालयलाई कलेज तहसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेका बेला भूकम्पले क्षति पुर्‍याएको थियो । दुई करोड रुपैयाँको लागतमा बनाइएको भवन क्षति भएको अवस्थामा युवाबाट यस्ता सकारात्मक सोच र सहयोगले खुसी लागेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले युवा अगाडि नसरेसम्म देशको विकास नहुने बताए । उनले शिक्षा क्षेत्रमा केही गरौं भन्ने उद्देश्यले मिर्मिरे युवा समाजले कार्यक्रम आयोजना गर्नु ठूलो कुरा भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.