ज्यानको बाजी थापेर भिर महको जोहो

 ज्यानको बाजी थापेर भिर महको जोहो

जुम्लाः रोकायावाडा-२ मुल्सामका कृष्णबहादुर शाही यतिबेला भिर मह बेच्न व्यस्त छन् । भिर मह सङ्कलन गर्नु निकै जोखिमपूर्ण मानिन्छ ।

भिरमा मौरीले निर्माण गर्ने मह र यसको चाका ल्याउन सबैले सक्दैनन् । भिरमा रेजु (डोरी) र त्यसको बीच बीचमा काठ हाली मुखमा मुकुन्डो, हातमा पञ्जा लगाएर भिर मौरीको मह सङ्कलन गरिन्छ ।

‘साहस गर्न नसक्नेले भिर मह सङ्कलन गर्न सक्दैनन्,’ शाहीले भने। बर्सेनि मुल्सामका विभिन्न ठाउँमा भिर मह सङ्कलन गरिन्छ ।

सङ्कलन गरिएको मह जुम्ला, जाजरकोट, दैलेख, कालिकोट र सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्न लैजाने गरेको शाहीले बताउनुभयो ।

यतिबेला शाहीले ६० किलो भिर मह बिक्री गर्न जिल्लाका विभिन्न ठाउँमा पुर्याएका छन् । उनले मह प्रतिकिलोएक हजारमा बिक्री गरिरहेका छन् । रक्तचाप, मुटु दुख्नेलगायत रोगको उपचारमा भिर महको प्रयोग गरिन्छ । असार महिनाभरीमा ६० हजार आम्दानी गर्ने शाहीको लक्ष्य छ ।

वैशाख र जेठमा जोखिम मोलेर भिर मह सङ्कलन गर्ने गरेको रोकायावाडा-२ कै अर्का मह व्यापारी टेकबहादुर बोहोरा बताउछन् ।

यस क्रममा कतिपयले ज्यान समेत गुमाएका छन् । भिर मह सङ्कलन गरी स्थानीयले छोराछोरीलाई पढाइको खर्च जुटाउँदै आएका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.