जापानमा इलामको चिया चर्चा

 जापानमा इलामको चिया चर्चा

तोयानाथ भट्टराई

इलामः दार्जीलिङ टि मात्र चिनेका जापानी नागरिक मायेखावा चार बर्षदेखि जापानमा नेपालको चिया चिनाउन व्यस्त छन् । उनलाई इलामको चिया चिनाउने मेसो मिलाउने काम गरेका हुन इलामे युवा हरि गुरुङले ।

 तीन लाख जनसंख्या भएको जापानको तोकुसिमाबाट नियमति रुपमा मायेखावा इलाम आउन थालेको चार बर्ष भयो । मुना तारा इण्टरनेशनल प्रालिले सञ्चालन गरेको इलाम टी हाउसबाट जापानी नागरिक मायेखावा ताचुया इलामबाट वर्षमा दुई पटक चिया लिएर जापान पुग्छन् ।

एक पटक इलाम आउदा उनी ५ सय किलो चिया किनेर लाने गर्छन् । ताचुयाले यसपटकको भ्रमणमा ७ सय किलो चिया किनेर लैजान लागेको बताए । जापानका प्रसिद्ध सहरहरु टोकियो, ओसाका, हिरोसिमा, कोवे र तोकुसिमामा उनको चियाको व्यापार छ । ३९ बर्षका ताचुयाको हाल जापानमा चियाको मात्र व्यापार छ ।

जापानमा दार्जिलिङ चिया मात्र पिएका ताचुयाले दार्जिलिङ चियाको मात्र नाम सुनेका थिए । उनी पहिलोपटक चियाको व्यापार गर्ने सोच लिएर नेपाल आउदा दार्जिलिङकै चिया खरिद गर्ने सोचेर आएका थिए । ‘तर इलामको चिया नै दार्जिलिङमा पुगेर दार्जिलिङ टी को नाममा विश्व बजारमा विक्री हुन्छ भन्ने थाहा पाएँ, अनि इलामबाट नै चिया जापान लगेर बेच्ने निधो गरेँ ।’

अल नेपाल एडभेण्चर टुर्स एण्ड ट्रेक प्रालिका म्यानेजिङ डाइरेक्टर पिताम्बर गुरुङले हाल इलामबाट जापान चिया एक्सपोर्ट गर्न ताचुयालाई सघाउँछन् । ताचुया पिताम्बर गुरुङसँग नियमित इलाम आउन थालेको २ बर्ष भयो ।
‘जापानमा ग्रीन टी जादैन, ब्लाक मात्र,’ उनले थपे, ‘गर्व र गौरवको विषय त के छ भने, हामीले एक्सपोर्ट गरेको चियामा नेपालको नाम हुन्छ ।’

ताचुयाले जापानमा बेच्ने चियाको प्याकेटको तस्बिर देखाउदै भने, ‘हामी इलामबाट लगेको चियालाई नेपालको चिया नाम दिएर मात्र बेच्छौँ ।’

प्रति किलो हजार बाह्रसय रुपैयाँ तिरेर ताचुयाले इलामबाट लगेको कालो चिया जापानमा तीस हजार रुपैयाँ प्रतिकिलो बेच्छन् । मायेकावा टात्सुया टी पार्टी प्रालिको नाममा ताचुयाले जापानमा चिया बेच्दै आएका छन् ।

प्रत्येक बर्ष इलाममै आएर चिया टेष्ट गरि चिया खरिद गर्न आउने विदेशी व्यापारीको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएको इलाम टी हाउसका प्रोपोराईटर हरि गुरुङ बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.