भूकम्पपीडितलाई बोका वितरण
चितवन: जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ।
जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए।
प्रतिबोका रु १५ हजारका दरले रु १५ लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
दाहाखानी, चन्डिभञ्याङ, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरका ७२ वडामा एक-एकवटाका दरले बोका बाँडिने छ।
नस्ल सुधारसँगै उन्नत जातको बोकाका कारण आयआर्जनमा वृद्धि हुने कार्यालयले जनाएको छ। रासस