बालिकालाई अश्लील भिडियो देखाउँदा प्रहरीको फन्दामा
काठमाडौँः सात वर्षीया बालिकालाई अश्लील भिडियो देखाएको अभियोगमा मकवानपुर हेटौंडा नगरपालिका–२ संगम चोक घर भइ चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्ने ३० बर्षीय सुरेश बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
बानियाँले शुक्रबार काठमाडौंको मिलन चोकमा सिन्धुपाल्चोक तातोपानी घर भएकी सात वर्षीया बालिकालाई घरदेखि केही पर एकान्तमा अश्लील भिडियो देखाएको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए ।
उनले अश्लील भिडियोसँगै आप्mनो लिङ्गसमेत बालिकालार्य देखाएको भन्दै आफन्तले आइतबार खबर गरेपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो ।
बानियाँलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।