ढाकाको आक्रमणमा पाकिस्तानको हात ?

ढाकाको आक्रमणमा पाकिस्तानको हात ?

ढाका: बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका सल्लाहकारले शुक्रवार २० जनाको ज्यान जाने गरी भएको आक्रमणका पछाड पाकिस्तानको हात रहेको बताएका छन् ।

'यहाँको क्याफेमा आक्रमण गर्नेहरु स्थानीय थिए । उनीहरुले भारतीय युवती तारिषी जैनसहित विदेशी नागरिकको जसरी हत्या गरेका छन्, त्यो हेर्दा यो घटनामा जमात उल मुजाहिद्दिनको हात रहेको देखिन्छ', बंगलादेशी प्रमका सल्लाहकार हुसेन तौफिक इमामले भने, 'यो हमलालाई सफल बनाउन पाकिस्तानी जासुस एजेन्सी आईएसआईले मद्धत गरेको देखिएको छ।'

एक बंगलादेशी टेलिभिजनसँग कुरा गर्दै इमामले जमात उल मुजाहिद्दिन र आईएसआईबीचको सम्बन्ध खुलिसकेको बताए । यस कट्टरपन्थी संगठनलाई लामो समयदेखि पाकिस्तानी जासुस एजेन्सीबाट मद्धत आइरहेको उनको दाबी छ ।

बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै हमलामा संलग्नहरु शिक्षित र उच्च घरानाका रहेको बताए ।

एक समाचार अनुसार क्याफेमा भएको हमलामा सातजना आतंकवादीको हात थियो । केही समाचारमा भने नौजना संलग्न भएको दाबी गरिएको थियो । यो आक्रमणमा संलग्न ६ जना आतंकवादी मारिएका थिए । बंगलादेश सरकारका अनुसार एकजना आतंकवादी भने भाग्न सफल भएका थिए ।

बंगलादेशका पुलिस प्रमुख शाहिद उल हकले शनिबार राति यो हमलामा संलग्न सबैजना बंगलादेशी नागरिक नै रहेको पुष्टि गरे । उनले सातमा पाँचजनाबारे पूर्वजानकारी रहेको खुलासा गरे ।प्रहरीले उनीहरुको खोजी गरिरहँदा आक्रमण भएको हो ।

ढाकामा भएको आतंकवादी हमलाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट र अल कायदा दुबैले लिएका थिए । तर बंगलादेशको पुलिस यी दुबैको दाबीबारेमा मौन छ ।

बंगलादेशी प्रहरीले यो आक्रमणमा प्रयोग भएका नयाँ प्रविधिका हतियारका कारण सरकारकै निकायका पनि संलग्न भएको हुन सक्ने अनुमान गरेको छ ।

यहाँ पछिल्लो १८ महिनायता अल्पसंख्यक र कट्टरपन्थी बिचार राख्ने मानिसमाथि निरन्तर हमला भइरहेको छ। २० जनाको ज्यान जाने गरी भएको यो हमलामा स्थानीय समूहकै संलग्न रहेको दाबी गरेपछि यो घटनाले नयाँ मोड लिएको हो ।

शुक्रवार राति बंगलादेशको ढाकास्थित गुलसन कुटनीतिक क्षेत्रको एक बेकरी क्याफेमा आतंकवादी हमला भएको थियो ।

आक्रमणमा संलग्नहरुले ४० जना मानिसलाई बन्धक बनाएका थिए । यीनमा धेरैजसो विदेशी नागरिक थिए । आक्रमणकारीले बन्धकमध्ये २० जनाको हत्या गरिदिएका थिए भने ६ जना आतंकवादी पनि मारिएका थिए ।

शनिवार बिहान भएको कमान्डो आक्रमणमा ६ जना आतंकवादी मारिएका थिए । एक आतंकवादीलाई जिउँदै समातिएको थियो । यो घटनामा १८ जनालाई मुक्त गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.