पूर्वसभासदमाथि सुतेकै होटलमा आक्रमण

 पूर्वसभासदमाथि  सुतेकै होटलमा आक्रमण

हरिबोल आचार्य
खोटाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका  पूर्वसभासद् अर्जुन राईमाथि सुतेकै होटलमा कुटपिट भएको छ। पहिलो संविधानसभाका सभानुपातिक सभासद राईलाई सदरमुकाम दिक्तेलबाट बुइपा जानेक्रममा शनिबार राती हुर्लुङमा बास बसेकै होटलमा निर्घात कुटपिट भएको हो।

होटलमा मादक पदार्थ सेवन गरिरहेका खोटाङकै नुनथला-८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी-८ का २४ वर्षीय रमेश अछामीको समूहले निर्घात कुटपिट गरेको राईले बताए।

कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरा लगायतका स्थानमा चोट लागेको छ। राईको शरीरका विभिन्न ठाउँमा निलडाम लागेको छ।

शरीर र टाउँका विभिन्न ठाउँमा निलडाम छन्। राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवन श्रेष्ठले घटनाको विषयमा जानकारी पाएलगत्तै नुनथला प्रहरी चौकीमा खबर गरेका थिए। आक्रमण गरेपछि भागेका राईलाई मकैबारीमासम्म लखेटेर कुटपिट गरेको प्रहरीले बताएको छ।

अन्तिम चरणमा पुगेको मेवा खोला हाइड्रोपावरको पोल ढुवानीका लागि बुइपा जानेक्रममा राईमाथि आक्रमण भएको हो। घटनाका आरोपितमध्ये शेर्पा र अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयका अनुशार शेर्पा काउण्टरका कर्मचारी र अछामी चालक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.