नेपालगञ्जमा फोटो फेस्टिवल

नेपालगञ्जमा फोटो फेस्टिवल

नेपालगञ्जः नेपालगञ्जमा आइतबारबाट फोटो फेस्टिवल सुरु भएको छ ।  होटल किचन हटमा आइतबार पुरावेदन अदालत नेपालगञ्जका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठले सर्वोत्कृष्ट फोटो खिचेर फेस्टिवलको उद्घाटन गरे ।
 
फोटो प्रतियोगिताबाट छानिएका मध्य तथा सुदूरपश्चिम क्षेत्रको पर्यटन, जनजीवन, समाचार तथा प्रकृतिका तस्बिर फेस्टिबलमा राखिएको छ ।

प्रदर्शनीमा दैनिक जीवन, समाचार, खेलकुद, वन्यजन्तु तथा प्रकृतिविधाका १ सय ५ फोटो समावेश गरिएका छन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट रुकुमका मैत्य घर्तीमगरले फोटो सर्वोत्कृष्ट फोटो घोषणा भएको छ ।

यसैगरी, ग्राण्ड डिजाइन वन्यजस्तु तथा प्रकृति विधामा विशाल रानामगर, नमस्ते नेपाल समाचार विधामा निर्मल नेपाली, रामदूत खेल विधामा अविनाश चौधरी, सुपर भिजन दैनिक जिवन विधामा, कुलदेव न्यौपाने, मेघराज खड्का,  डिभोटी पर्यटन विधामा कुलदेव न्यौपानेको फोटोले उत्कृष्ट पुरस्कार हासिल गरेको छ ।

सोमबारसम्म चल्ने फोटो प्रदर्शनीको दोस्रो दिन फोटोग्राफी सम्बन्धी आधारभूत तालिम तथा अन्तक्रिया हुने अन्तराल मिडयाका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।

फोटो पत्रकार क्लबको सहकार्यमा आयोजित नेपालगन्ज फोटो फेष्टिवलको पहिलो दिन ५०० भन्दा बढीले सहभागीता जनाएका छन् । अन्तक्रियाको सहजीकरण फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.