साउदीमा अमेरिकी वाणिज्यदूत नजिकै विस्फोट

साउदीमा अमेरिकी वाणिज्यदूत नजिकै विस्फोट

काठमाडौं: साउदी अरबस्थित अमेरिको वाणिज्य दूतावासको कार्यालय नजिकै एक आत्मघाती हमलाकारीले आक्रमण गरेका छन् ।

साउदी अरबबाट सूत्रलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचार अनुसार पश्चिमी सहर जेद्दाहमा रहेको अमेरिकी वाणिज्य दूतावास नजिकै एक आत्मघाती हमलाकारीले आफूलाई बमले उडाएका हुन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो घटनामा दूतावासको सुरक्षामा संलग्न दुईजना सुरक्षागार्डहरु पनि घाइते भएका छन् ।

अरब न्युज वेबसाइटका अनुसार आक्रमण भएको सहर जेद्दाहमा कयौं देशका राजदूतावास र वाणिज्य दूतावास रहेका छन् ।

आक्रमण भएको स्थान नजिकै जेद्दाहकै सबैभन्दा ठूलो अस्पताल पनि रहेको छ ।

समाचार अनुसार आक्रमणकारी बिरामी बनेर अमेरिकी वाणिज्य दूतावासतर्फ गइरहेका थिए । तर सुरक्षाकर्मीले उनीमाथि शंका लागेर रोक्न खोजेका थिए । जब सुरक्षाकर्मीले उनलाई रोक्न खोजे तब ती आक्रमणकारीले आफूलाई बमले उडाए ।

घटना हुनेबित्तिकै यो इलाकामा तत्कालै आवतजावतमा रोक लगाइएको छ। घटनापछि जेद्दाहमा सुरक्षाकर्मीले अन्य आक्रमणकारीको खोजी गरिरहेको छ । साउदी अरब र अमेरिकाले यो घटनाबारेमा अहिलेसम्म केही बोलेका छैनन् ।

ओकाज न्युज वेबसाइटका अनुसार आत्मघाती आक्रमणकारी कारबाट मस्जिदतर्फ गइरहेका थिए । यो मस्जिद अमेरिकी वाणिज्य दूतावास नजिकै छ ।

समाचार अनुसार हमलाको खबर आउनेबित्तिकै अमेरिकाले आफ्नो दूतावासका सबै कर्मचारलाई अर्को स्थानमा सारेको थियो ।

 

केही दिनयता संसारभर चरमपन्थीले आक्रमण तीब्र पारेका छन् ।ढाकामा गत शुक्रवार राति कुटनीतिक क्षेत्र रहेको क्याफेमा भएको आक्रमणमा कम्तिमा २० जना विदेशी मारिए ।

न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको विस्फोटमा एकजना घाइते भए । बगदादमा आइतबार रमजानको किनमेलका लागि आएका मानिसले भरिएको बजारमा आक्रमण हुँदा कम्तिमा १२० जना मारिए ।

सन् २००४ मा पनि यहीँको अमेरिकी वाणिज्य दूतावासमा चरमपन्थीहरुले हमला गर्दा कम्तिमा १० जना मानिस मारिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.