महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

महिलाका नाममा घरजग्गा स्वामित्व बढ्दै

सिन्धुली: सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम बढेको छ । यी व्यक्तिलाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ । महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

यससँगै जिल्लामा महिलाका नाममा रजिस्ट्रेसन पास गर्नेको संख्यामा झण्डै ४० प्रतिशतले वृद्धि हुँदै गएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । राजस्व छुट पाउने भएपछि बर्सेनि २० देखि ४० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि हुँदै गएको निमित मालपोत अधिकृत भगिरथ सिग्देलले जानकारी दिए ।

उनका अनुसार चालू आवको १० महिनामा मात्र जिल्लाका एक हजार सात सय ५९ जना महिलाका नाममा घरजग्गा दर्ता भएको छ । यो संख्या सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा धेरै छ । राजस्व छुटले ग्रामीण क्षेत्रका महिलामा घरजग्गाको स्वामित्व बढाएको छ । चालू आवको १० महिनाको तथ्यांकअनुसार एक हजार सात सय ५९ जना मध्ये ग्रामीण क्षेत्रका एक हजार एक जना महिलाको नाममा घर जग्गा पास भएको छ ।

उनीहरूका नाममा घरजग्गा दर्ता हुँदा ५४ लाख ३५ हजार रुपैयाँ राजस्वमा छुट भएको छ । यस्तै एक सय ८४ जना दलित महिला र १३ जना जेष्ठ नागरिकका नाममा समेत स्वामित्व रहने गरी घर जग्गा दर्ता भएको छ । बाँकी दुई महिनामा झण्डै त्यसको ३० प्रतिशत महिलाकै नाममा रजिस्ट्रेसन हुने अपेच्छा गरिएको छ । आर्थिक वर्ष ०७१/०७२ मा कुल ६ हजार आठ सय ६ वटा मालपोत पास गराएकोमा एक हजार पाँच सयभन्दा बढी महिलाको नाममा रजिस्ट्रेसन पास भएको थियो ।

 

गत आवको तुलनामा यस वर्ष उल्लेख्यमात्रमा महिलाले आफ्नो नाममा घर तथा जग्गा रजिस्ट्रेन गराएको सिग्देलले जनाए । उनले भने, ‘सरकारले नगरपालिका क्षेत्रका महिलाका लागि २५ प्रतिशत र गाविस क्षेत्रका महिलाका लागि ३० प्रतिशतसम्म मालपोत दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । सोहीअनुसार आव ०७२/०७३ को यो अवधिसम्ममा ५४ लाख ३५ हजार रुपैयाँ राजस्वमा छुट पाएका छन् ।'

आव ०७१/०७२ मा मालपोत पास गराउने महिलाले ४९ लाख ६६ हजार रुपैयाँ राजस्वमा छुट पाएका थिए । ‘कार्यालयको हालसम्मको तथ्यांकअनुसार ग्रामीण क्षेत्रका एक हजार एक जना महिलाका नामा जग्गा पास भएको छ । सहरी क्षेत्रका सात सय ५८ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।


चालू आवममा एक सय ८४ दलितले नाममा जग्गा रजिस्ट्रसन पासमा छुट पाएका छन् । मालपोत रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क र घर जग्गा रोक्का दस्तुरमा महिलाको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा सिन्धुलीलगायत पहाडी जिल्लाका नगर क्षेत्रमा २५ र गाविसमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ ।

७० वर्ष माथि उमेरका बृद्धको नाममा स्वामित्व दर्ता भएमा पनि महिलासरह राजस्वमा छुट दिने व्यवस्था छ भने सीमान्तकृत समुदायको नाममा राजिस्ट्रेसन पास गर्दा समेत सहरी क्षेत्रमा २५ र ग्रामीण क्षेत्रका भए ३० प्रतिशतसम्म छुट दिने सरकारी व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.