'हामी हरेक खेलाडीसँग रुनुको कारण छ'

'हामी हरेक खेलाडीसँग रुनुको कारण छ'

मर्सेली: विश्व फुटबलमा जियानलुइगी बुफोनलाई निकै प्रभावशाली गोलरक्षक मानिन्छ। उनले राष्ट्रिय टोली इटाली र क्लब फुटबलमा प्रायजसो सबै सफलता हात पारिसकेका छन्। उनले आफ्नो खेल जीवनमा सफलता असफलता, उतारचढाव धेरै देखेका छन्।

आइतबार बिहान आफ्नो टोली इटाली युरोकपको क्वार्टरफाइनलमा जर्मनीसँग टाइब्रेकरमा पराजित भएपछि टोलीका कप्तानसमेत रहेका उनै बुफोन निकै भावुक देखिए। उक्त खेलमा पनि ३८ वर्षीय बुफोनले इटालीको गोलपोस्ट सम्हालेका थिए।

टाइब्रेकरमा पराजित भएपछि उनै बुफोन केहीबेर रोए अनि आफ्ना समर्थकतिर गएर हात हल्लाएर धन्यवाद व्यक्त गरेका थिए। 'हामीले जति गर्न सक्थ्यौं गर्र्यौ। हामी हरेक पक्षमा बलिया थियौं तर हामी अगाडि बढ्न सकेनौं', खेलपछि बुफोनले सञ्चारकर्मीसँग भने।

त्यसपछि उनले दुःखी हुनुको कारण पनि खुलाए। 'कुनै पनि खेलाडीका लागि यो सबैभन्दा ठूलो पीडाको क्षण हो त्यसैले हामी हरेक खेलाडीसँग रुनुको कारण छ। हामीले धेरै मेहनत गरेका थियौं र जितको नजिक पनि पुगेका थियौं। अहिले सोच्दा अचम्म लाग्छ कि जर्मनीले तीनवटा पेनाल्टी खेर फाल्दा पनि हामीले जित्न सकेनौं' यी भेट्रान गोलरक्षकले भने।

बुफोनलाई सान्त्वना दिन चर्चित जर्मन खेलाडीसमेत पुगेका थिए। ४८ वर्षयता युरोकप जित्न नसकेको इटालीलाई अगाडि बढाउने जिम्मेवारी आइतबार बिहान बुफोनकै काँधमा आएको थियो।

 

इटालीलाई सन् २००६ को विश्वकप टाइब्रेकरमै ५-३ गोलले जिताएका बुफोन युरोकप जितेर राष्ट्रिय टोलीबाट सुखद बिदाइ लिन चाहन्थे। इटालीले सन् २००८ पछि पहिलो पटक टाइब्रेकरमा पराजय व्यहोरेको हो। त्यतिबेला स्पेनले इटालीलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो।

सन् २०१२ को युरोकपमा इटालीले इङ्ल्यान्डलाई टाइब्रेकरमा ४-२ गोलले हराएको थियो। बुफोन जारी युरोकपको अनुभवबाट इटाली अगाडि बढ्नुपर्ने बताउँछन्।

सन् २०१४ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएपछि इटालीको आलोचना बढेको थियो। बुफोनले तत्काल सन्न्यास लिने कुनै योजना नभएको बताउँदै सन् २०१८ को विश्वकप खेल्नेमा आशावादी रहेको बताएका छन्।

'यतिबेला हामी ठूलो उपलब्धिको नजिक पुगेर पनि असफल भयौं तर, यही हारलाई आधार बनाएर तत्काल खेल जीवनबाट बिदा लिने मेरो कुनै योजना छैन। म सन् २०१८ को विश्वकप पनि खेल्न चाहन्छु', उनले भने।

सन् १९९७ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका बुफोनले इटालीका लागि एक सय ६१ खेल खेलेका छन्। उनले सन् २००१ देखि इटालियन सिरिए क्लब युभेन्ट्समा रहने क्रममा नौपटक घरेलु लिगको उपाधि जितेका छन् भने दुई पटक युरोपियन च्याम्पियन्स लिगमा उपविजेता बनेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.