यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

  यी हुन् प्रभाव पार्न सक्ने खेलाडी

१८ वर्षीय रेनाटो सान्चेजलाई पोर्चुगलका नयाँ क्रिस्टियानो रोनाल्डो भन्न थालिएको छ। जर्मन क्लब बायर्न म्युनिखले ३५ मिलियन पाउन्ड स्थानान्तरण मूल्यमा सान्चेजलाई भित्र्याएपछि यी मिडफिल्डरमाथि विश्व फुटबलकै आँखा परेको थियो। पोर्चुगलको घरेलु लिगबाट सबैभन्दा महँगो स्थानान्तरण मूल्यमा बाहिरिने खेलाडीको रूपमा सान्चेजले कीर्तिमान बनाएका छन्।

यसबाहेक विश्व क्लब फुटबलमा सशक्त उपस्थिति देखाइरहेको बायर्नमा आबद्ध हुने उनी पहिलो पोर्चुगिज फुटबलर पनि हुन्। करिब पाँच फिट १० इन्च उचाइका सान्चेजले जारी युरोकपको सबैभन्दा प्रभावशाली युवा खेलाडीको सूचीमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्।

प्रतियोगिताका सुरुवाती केही खेलमा दोस्रो हाफमा मात्र मैदान छिर्ने मौका पाएका सान्चेजलाई प्रशिक्षक फर्नान्डो सान्तोषले पछिल्ला खेलमा भने पहिलो रोजाइमै मैदानमा उतार्न थालेका छन्।

यू-१५, यू-१६, यू-१७ हुँदै यू-१९ राष्ट्रिय टोलीबाट बलियो छाप छाडेपछि सान्चेजले गत मार्चमा सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। युरोकपका लागि टोलीमा परेपछि सान्चेजले सबैभन्दा कम उमेरमा सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने पोर्चुगिज खेलाडीको कीर्तिमानसमेत बनाएका थिए।

 

यसअघि उक्त कीर्तिमान रोनाल्डोले बनाएका थिए। रोनाल्डोले १२ वर्षअघि उक्त कीर्तिमान आफ्नो नाममा पारेका थिए।सान्चेजले जारी युरोकपको प्रिक्वार्टरफाइनल खेलमा दोस्रो हाफमा मैदानमा उत्रँदै लोभलाग्दो प्रदर्शन गरेका थिए।

बलियो प्रतिद्वन्द्वी क्रोएसियाविरुद्धको उक्त खेलमा उनी प्लेयर अफ दी म्याचसमेत घोषित भए। क्वार्टरफाइनलमा पोल्यान्डविरुद्ध उनलाई सुरुवाती टोलीमै समावेश गरिएपछि उनले त्यसमै राष्ट्रिय कीर्तिमान बनाए। उनले युरोकप तथा विश्वकपमा सुरुवाती टोलीबाटै खेल्ने सबैभन्दा कम उमेरको पोर्चुगाली खेलाडीको कीर्तिमान बनाएका हुन्।

तर उनले यो कीर्तिमानलाई विशेष बनाए। पोल्यान्डले दोस्रो मिनेटमै अग्रता लिएको उक्त खेलमा सान्चेजले गोल गरे। उनकै गोलमा खेल बराबरीमा पुग्यो र अतिरिक्त समयमा धकेलियो। अन्ततः उनी यो खेलमा पनि प्लेयर अफ दी म्याचसमेत घोषित भए। मिडफिल्डको रचनात्मक भूमिकालाई उनले राम्ररी सम्हाल्न सक्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.