तरकारी बजार अनुगमन गर्ने मन्त्रीलाई लौका र मुलाले आक्रमण

तरकारी बजार अनुगमन गर्ने मन्त्रीलाई लौका र मुलाले आक्रमण

काठमाडौँ: बल्खु तरकारी बजार अनुगमन गर्न पुगेका आपूर्तिमन्त्री गणेशमान पुनमाथि तरकारी व्यापारीले लौका र मुलाले आक्रमण गरेका छन् ।

मंगलबार व्यापारीले प्रयोग गर्ने ढक तराजूको अनुगमन गर्न सरकारी टोलीसहित बल्खुस्थित तरकारी बजार पुगेका मन्त्री पुनमाथि तरकारी व्यापारीले लौका, मुला र इटाले आक्रमण गरेका हुन् ।

व्यापारीले अकस्मात तरकारी बजारमा आएर अनावश्यक दुःख दिएको भन्दै आक्रमण गरेका हुन् । आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय र पत्रकार सहभागी टोलीमाथि व्यापारीले आक्रमण गरेका हुन्।
 
बल्खु तरकारी बजारमा प्रयोग हुने ढक तराजू मापदण्ड विपरितका भएको भन्दै गुनासो आएपछि मन्त्रीसहितको टोली अनुगमनका लागि मंगलबार तरकारी बजारमा पुगेको हो ।

सरकारी टोलीले कालीमाटी तरकारी बजारका ढक तराजूको सहज अध्ययन र अनुगमन गरेको भए पनि बल्खुमा आक्रमण सहनु परेको हो । व्यापारीले आक्रमण गरेपछि टोलीले अनुगमन स्थगित गरेर व्यापारीसँग बहस सुरु गरेको छ ।  

बहसका क्रममा व्यापारीले ढक र तराजू नापतौल विभागले प्रमाणित गर्नुपर्ने भन्ने थाहा नभएको बताएका छन् । बजारमा अत्याधिक विषादी प्रयोग भएको तरकारी विक्री हुने गरेको भन्ने गुनासो समेत परेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.