नयाँ शक्तिद्वारा देश विकासको खाका सार्वजनिक (भिडियो)

 नयाँ शक्तिद्वारा देश विकासको खाका सार्वजनिक (भिडियो)

काठमाडौँ: बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भिडियो मार्फत् देश विकासको खाका सार्वजनिक गरेको छ।

मंगलबार बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट देश विकासको खाकासहितको भिडियो सार्वजनिक गरेको हुन् । भिडियोमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा' नारा समेटिएको छ भने विकासका दृश्यलाई प्राथमिकताका साथ देखाइएको छ ।

बाबुरामले सार्वजनिक गरेको एनिमेटेड भिडियोको सुरुमा पाइपलाइन सुख्खा भएको देखाइएको छ । पछि पाइप टालेपछि पाइपलाइनबाट पैसा झरेको देखाइएको छ ।

उक्त पैसालाई सदुपयोग गरेर सुन्दर सडकमार्ग, प्राविधिको सहायताबाट कृषि खेती, जलविद्युत सँगै केबलकार देखाइएको छ । अन्तिममा भने आर्थिक समृद्धिका लागि नयाँ शक्ति नेपाल लेखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.