परिसंघद्वारा नयाँ विद्युत् महशुलमा असहमति प्रकट

परिसंघद्वारा नयाँ विद्युत् महशुलमा असहमति प्रकट

काठमाडौं : विद्युत् महशुल निर्धारण आयोगले साउनदेखि लागू हुने गरी मौजुदा विद्युत् महशुलमा १९ प्रतिशतले वृद्धि गरेको छ।

यसलाई नेपाल उद्योग परिसंघले असहमति जनाएको छ। परिसंघले सन् २०२२ सम्ममा नेपाललाई विकासशील मुलुकमा पुर्याउने र सन् २०३० सम्ममादीगो विकाससहित राष्ट्रलाई मध्यम आयस्तर भएको देशको समूहमा पुर्‍याउने घोषित लक्ष्यप्राप्त गर्न यसले अवरोध गर्ने नेपाल उद्योग परिसंघको जनाएको छ।

कमजोर पूर्वाधार, प्राधिकरणको व्यवस्थापकीय कमजोरी र राजनीतिक अस्थिरताको मारमा पर्दा औद्योगिक क्षेत्रको विकास अत्यन्त न्यून रहेको सन्दर्भमा विद्युत् महशुलको वृद्धिले औद्योगिक उत्पादनको लागत वृद्धि भई प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने भन्दै परिसंघले असहमति जनाएको हो।

नेपाल विद्युत् प्राधिकरणको आन्तरिक क्षमता वृद्धि गरी यसलाई मुनाफामा लैजाने विकल्पमा प्रवेश नगरी आयोगले अव्यावहारिक रूपले उपभोक्ता, व्यवसाय र उद्योगमा पर्न जाने प्रतिकूल असरको अध्ययननै नगरी विद्युत् महशुल वृद्धि गरेकोमा परिसंघले तीव्र असहमति प्रकट गरेको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.