गोर्खा ब्रुअरीको समर्सबी अब चितवनको बजारमा

गोर्खा ब्रुअरीको समर्सबी अब चितवनको बजारमा

(भरतपुर) चितवन: काठमाडौं र पोखराको सफलतापछि गोर्खा ब्रुअरीले समर्सबी एप्पल साइडर सोमबारदेखि चितवनको बजारमा सुरु गरेको छ।

कम्पनीका अधिकारीले सोमबार भरतपुरमा आयोजित समर्सबी लञ्चिङ कार्यक्रममा स्याउबाट बनाइएको अल्कोहलिक पेयपदार्थ सार्वजनिक गरेका हुन्।

स्याउबाट बनाइएका समर्सबीमा चार दशमलव पाँच प्रतिशत अल्कोहल छ। गुलियो स्वाद रहेको समर्सबीमा कुनै कृत्रिम स्वाद र रंग नमिसाइएको कम्पनीले जनाएको छ।

दुई सय ५० मिलिलिटरको बोतलमा उपलब्ध समर्सबीको उपभोक्ता मूल्य एक सय रुपैयाँ तोकिएको छ। निकट भविष्यमा यसलाई नेपाल विभिन्न बजारमा पुर्‍याइने गोर्खा ब्रुअरीले जनाएको छ।

समर्सबी महिला तथा पुरुष दुवैका लागि उपयुक्त भएको कम्पनीको दाबी छ।

कार्ल्सबर्गले एप्पल साइडर आठ वर्षअघि डेनमार्क र नर्वेमा उत्पादन र वितरण सुरु गरेको थियो। विश्वका ५० भन्दा बढी मुलुकमा अहिले समर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.