भारतीय सरकारमा पहिलोपटक गोर्खाल्यान्डका मन्त्री

भारतीय सरकारमा पहिलोपटक गोर्खाल्यान्डका मन्त्री

दार्जिलिङ: मोदी सरकारले मंगलबार दार्जिलिङका लोकसभा सांसद एसएस आहलुवालियाजीलाई राज्यमन्त्री बनाएपछि स्वतन्त्र भारतको इतिहासमा दार्जिलिङका सांसदले पहिलोपटक मन्त्रीमण्डलमा प्रवेश पाएको भन्दै गोर्खा जनमुक्ति मोर्चासहित नागरिकले खुसी व्यक्त गरेका छन् ।

मोर्चा अध्यक्ष विमल गुरुङले मोदी मन्त्रीमण्डल पुनर्गठनपछि मंगलबार भने, ‘स्वतन्त्र भारतको इतिहासमा दार्जिलिङका सांसदले युनियन क्याविनेटमा स्थान पाएको यो पहिलोपटक हो । उक्त पहलले भाजपा सरकारको दार्जिलिङ र डुवर्स क्षेत्रका जनताका निम्ति सम्मान अनि आदर भाव झल्किन्छ ।'

भारत स्वतन्त्र भएदेखि अहिलेसम्म नेपाली भाषीको बाहुल्यता रहेको दार्जिलिङका सांसदले सरकारमा प्रवेश पाएका थिएनन् । गोर्खाल्यान्ड माग गर्दै लडेका गोर्खालीले यो कदमलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

 

गोर्खाल्यान्डका लागि विभिन्न चरणको आन्दोलन गरेको मोर्चाका अध्यक्ष गुरुङले आहलुवालियाको क्याबिनेट प्रवेशलाई दार्जिलिङ र उत्तर बंगालले उच्चस्तरको नीति निर्धारण गर्ने अवसरको रूपमा उल्लेख गरेका छन् ।

प्छिल्लो पटक गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेटिभ (जीटीए) मा पुगेर गोर्खाल्यान्डको आन्दोलन सुस्ताएको आरोपका बीचमा यो घटनाले सकारात्मक सन्देश दिएको मोर्चाको बुझाइ छ ।

अन्य दलले भने प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । २०१४ मा मोदी सरकार बनेपछि यस पटक ठूलो संख्यामा मन्त्री र राज्यमन्त्री थपिएका छन् । मोदीले गोर्खाको सपनालाई आफ्नो सपना भनेर पहाडको भोट मागेका थिए । मोदीले पहाडका लागि गरेको बाचा भुलेको आरोप लाग्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.