माइक्रोम्याक्सको क्यू ३४९ स्मार्टफोन बजारमा
काठमाडौं: माइक्रोम्याक्सले आफ्नो नयाँ उत्पादन क्यू ३४९ क्यानभास सेल्फी फोर स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
विश्व स्मार्टफोन बजारमा उत्कृष्ट १० ब्रान्डमा पर्ने सफल माइक्रोम्याक्सले ग्राहकका मागलाई ध्यानमा राखेर यो स्मार्टफोन बजारमा ल्याएको हो।
बजेट अनूकुल, स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोन उत्पादन गर्ने कम्पनिका रूपमा परिचित कम्पनीले ल्याएको यो फोनमा १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ । ५.० इन्चको फुल एचडी स्क्रिन रहेको यस फोनमा ६.० एन्ड्रोएड मार्समाल्लो अपरेटिंग सिस्टम रहेको छ।
कम्पनीका अनुसार फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलकै सेल्फी खिच्न फ्रन्ट फेसिङ क्यामेरा छ।
क्यू ३४९ स्मार्टफोनमा १ जीवी र्याम र ८ जीवी रोम छ। यसलाई एसडीकार्डको प्रयोग गरी ३२ जीवीसम्म पुर्याउन सकिने छ।
यसमा दुई हजार ५ सय एमएएचको शक्तिशाली ब्याट्री छ जसले मोबाइलमा रहेको अत्याधुनिक सुविधाको कार्य क्षमता बढाउनुका साथै लामो समयसम्म चल्ने कम्पनिले बताएको छ।
थ्रीजी र फोरजी दुवै सेवा प्रयोग गर्न सकिने यो स्मार्टफोनको नेपाली बजार मूल्य ११ हजार एक सय १० रुपैंया रहेको कम्पनिले जनाएको छ।