माधव नेपाल भन्छन्: अब राष्ट्रिय सरकार आवश्यक छ

माधव नेपाल भन्छन्: अब राष्ट्रिय सरकार आवश्यक छ

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा अब राष्ट्रिय सरकार आवश्यक भएको बताएका छन् ।

भियतनाममा आयोजना भएको अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा भाग लिएर बुधबार स्वदेश फर्किएका नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन् । नेपालले त्यो आवश्यकता ख्याल गरेर नै सत्ता साझेदार दल एमाले र एमाओवादीले निर्णयसमेत गरिसकेको बताए ।

नेपालले अहिलेको बहुमतीय सरकार हटाएर अर्को बहुमतीय सरकारको खेलमा भने लाग्न नहुनेमा जोड दिए । उनले राष्ट्रिय सरकार गठन गर्दा को प्रधानमन्त्री बन्छ भन्ने बिन्दुबाट सुरु गर्न नहुने बताए । ‘पहिला राष्ट्रिय सरकार बनाउने विषयमा सहमत हौं, त्यसपछि सरकारको नेतृत्वका विषयमा छलफल गरौंला ।'

उनले अब राष्ट्रिय सहमतिको सरकार बनाउन छलफल अगाडि बढाइने बताए । नेता नेपालले बहुमतीय खेलबाट अहिले मुलुक अगाडि बढ्न नसक्ने दाबी पनि गरे । राष्ट्रिय सहमतिमा सबैलाई ल्याउन मुख्य ठूला पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत सबैले पहल गर्नुपर्नेमा जोड दिए ।

तपार्इं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न लाग्नुभएको हो भन्ने जिज्ञासमा नेपालले त्यसलाई काल्पनिक र हावादारीको संज्ञा दिए । ‘म देशभरि हिँडेको छु, पत्रकार सम्मेलनमा बोलेको छु । सरकार ढाल्ने कुरा गरेको छैन । ती सबै काल्पनिक र हावादारी कुरा हुन्', नेपालले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.