इद मनाउने माथि अन्धाधुन्द गोली प्रहार
![इद मनाउने माथि अन्धाधुन्द गोली प्रहार](https://annapurnapost.prixacdn.net/media/albums/577df12272ccb9.54219790_yCNC8mLgZS.png)
एजेन्सीः बंगलादेशमा इद मनाइरहेका मुस्सिलम धर्माबलम्बीमाथि अन्धाधुन्द गोली प्रहार भएको छ ।
बंगलादेशको राजधानी ढाकादेखि एक सय किलोमिटरको दूरीमा रहेको किशोरगञ्ज जिल्लामा भएको गोली प्रहारबाट एक प्रहरीको मृत्यु भएको तथा चार जना मानिस घाइते भएको बीबीसीले जनाएको छ ।
एक विद्यालयको प्राङ्गढमा आयोजित कार्यक्रममा इदको नमाज पढ्ने क्रममा अन्धाधुल्द गोली प्रहार भएको हो ।
ढाकामा अघिल्लो हप्तामात्र भएको हमलामा २८ जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)