कोलकातामा रोकिए भूकम्पपीडितको राहत सामग्री

 कोलकातामा रोकिए भूकम्पपीडितको राहत सामग्री

झापा: भूकम्पपीडितका लागि आएको राहत सामग्री महिनौंदेखि भारतको कोलकातामा रोकिएको छ। भूकम्प गएको १४ महिना बितिसक्दा पनि विदेशबाट आएका १५ कन्टेनर राहत सामग्री कोलकाता बन्दरगाहमा रोकिएको छ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले राहत सामग्री नेपाल ल्याउने कि त्यतै नस्ट गर्ने भन्ने विषयमा परामर्शका लागि वाणिज्य र परराष्ट्र मन्त्रालयलाई केही महिना अघि नै पत्राचार गरे पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपछि दातृ राष्ट्र, विदेशी संघसंस्था र विदेशमा रहेका नेपालीले भूकम्पपीडितका लागि राहत सामग्री थिए।
महावाणिज्य दूत एकनारायण अर्यालले ती राहत सामग्रीमध्ये १५ कन्टेनर भारतको कोलकाता बन्दरगाहमै अलपत्र अवस्थामा रहेको जानकारी दिए।

उनका अनुसार ती सामग्री विभिन्न देशबाट विभिन्न मितिमा आएका हुन्। उनले भने, 'जुन बेला सामान आए त्यो बेला नेपाल सरकारले अब राहत सामग्री पुग्यो भनेको अवस्था थियो। त्यो बेलादेखि यी सामान रोकिएर रहेका छन्।'

ती कन्टेनरमा खानेपानी, औषधि, लत्ताकपडा, टेन्टलगायतका राहत सामग्री रहेको कोलकातास्थित नेपाली वाणिज्य दूत सीता बस्नेतले बताइन्। उनले भनिन्, 'न्यूजिल्यान्ड, अस्ट्रेलिया, अमेरिका लगायतका मुलुकबाट राहत सामग्री आएका हुन्। विदेशमा रहेका नेपालीले स्वतः स्र्फूतरूपमा राहत सामग्री संकलन गरेर पठाएका हुन्।'

 

ती राहत सामग्री कोलकाता बन्दरगाहमा अलपत्र रहेको लामो समय भएका कारण कतिपयको उपभोग गर्ने मिति गुज्रिसकेको अनुमान महावाणिज्य दूतावासको छ । ती सामग्रीलाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको महावाणिज्य दूत अर्यालले बताए।

१५ वटा कन्टेनरमा रहेको राहत सामग्री के गर्ने भन्ने विषयमा केही महिनाअघि नै परराष्ट्र तथा वाणिज्य मन्त्रालयमा पत्राचार गरे पनि सोको जवाफ हालसम्म नपाइएको महावाणिज्य दूत अर्यालले बताए। अर्यालले भने, ‘यी सामानलाई केही न केही त गर्नै पर्यो। कि नेपाल लगेर प्रयोग गर्नु गर्यो, कि यहाँ नष्ट गर्ने अनुमति दिनुपर्यो।'

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले सामान कस्तो अवस्थामा छ ,कति छ भन्ने स्पष्ट भएपछि मात्र निर्णय गर्न सकिने बताए। उनले परराष्ट्र मन्त्रालयमा विस्तृत बुझ्नुपर्ने बताए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने कोलकातामा थन्केर रहेका राहत सामग्री बोकेका कन्टेनरका बारेमा अनविज्ञता प्रकट गरे । उनले भने, ‘मैले यो विषयमा बुझेर मात्र केही भन्न सक्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.